बाँदर धपाउने हेरालुलाई बजेट छुट्याउने स्थानिय सरकारले पुस्तकालय स्थापनाका लागि पहल गरेको समाचार सुनिएको छैन । पुस्तकालय दिवस वा पुस्तकसंग सम्बन्धित अन्य कतिपय पर्व र काठमाडौं र मोफसलमा हुने पुस्तक प्रदर्शनीका अवसरमा निश्चित मिनेटका लागि पुस्तक र पठन संस्कृतिका ’boutमा चर्चा गरिएपनि पठन संस्कृति बढाउने विषयमा गहन छलफल हुँदैन । सूचना प्रविधीको प्रचुर विकास हुँदै गरेको अहिलेको अवस्थामा पठन संस्कृतिको विकास किन भएन भनेर खोजी पनि गरिएको छैन । समाजको समुचित विकास गर्ने हो भने अब पुस्तक र पठन संस्कृतिका ’boutमा औपचारि छलफल मात्रै गरेर हुँदैन । केन्द्रदेखी स्थानिय तहसम्मै पठन संस्कृतिका विषयमा क्रमबद्ध छलफल गर्नु सुरु गर्नु पर्छ । ताकि आम सर्वसाधारणले बुझुन् ‘पुस्तक विनाको संसार उज्यालो हुँदैन ।’
सिमित ब्यक्तिले स्वच्छाले पुस्तक अध्ययनलाई निरन्तरता दिए पनि हाम्रो समाजमा आम रुपमा दिनको केही घन्टा अध्ययनमा बिताउनु पर्छ भन्ने चेत खुलेको छैन । सामान्य घर बनाउदा हजारौं रुपैया खर्च गरेर पूजा कोठा बनाउनेहरुमा ‘सानै भएपनि घरमा एउटा लाइब्रेरी पनि चाहिन्छ’ भन्ने सोचको विकास भएको भए शहरमा सौचालय अभाव भएको बहस चलिरहँदा पुस्तकालय पनि चाहिन्छ भन्ने कुरा हुन्थ्यो होला । कोही कसैले नियमित बढ्यो भने ‘यो त किताबको किरो’ भनेर साथी सर्कलबाटै खिसिट्युरी गर्ने प्रचलन यद्यपि कायमै छ । यी र यस्तै कारण हामी अहिले पनि घर बनाउदा पुस्तकालय भन्दा बढी महत्व मन्दिर, बाथरुम र मदिरा सजाउने ¥याकलाई दिने गर्छौं ।
देश, काल, परिस्थिती, भुगोल इतिहास वा अन्य कुनै पनि विषयमा जानकारी लिने हो भने पुस्तकको विकल्प छैन । अन्य लतले मान्छेहरुमा खराब आचरणको विकास हुनसक्ला तर, पुस्तक मात्रै त्यस्तो चिज हो जसको संगतले जो कसैलाई पनि खराब हुनबाट जोगाउछ । समाजका कतिपय विषेशताहरु समान भए पनि सामाजिक संरचनाहरु फरक हुन्छ । कुनै पनि समाज नेतृत्वविहीन हुँदैन । हाम्रै समाजको कुरा गर्ने हो भने हामी राजनितीक विचारबाट निर्देशित छौं । कुनै नै कुनै दलले हाम्रो समाजको नेतृत्व गरेको छ । राजनितीक दलका शीर्ष नेताहरु अहिलेका लागि हाम्रो समाजका मार्गदर्शक हुन् । यस्तो अवस्थामा हाम्रा शीर्ष नेतृत्वले पुस्तक र पठन संस्कृतिका ’boutमा कुरा गरिदिए भने पठन संस्कृतिको माहौल बन्न सक्छ ।
लेखक, कलाकार, सामाजिक अभियन्ताहरुका पछाडी पनि ठूलो जनसमर्थन छ । सामाजिक सञ्जालमा सक्रिय कतिपय ब्यक्तिका लाखौं फलोअर्स छन् । आफ्ना लाखौं समर्थक भएकाहरुले आफ्ना पोष्टमा अन्य कुराहरु जस्तै पुस्तककै कुरा गर्ने, आफुले पढेको पुस्तकको सन्दर्भ, टिप्पणी लगायत उल्लेख गर्ने हो भने ति फलोअर्सलाई पुस्तकसंग जोड्न सकिन्छ । सरकारले यो गरेन त्यो गरेन भनेर हामी टिप्पणी गर्छौ, सरकारलाई राम्रो काम गर्न वाध्य पार्नका लागि यस्ता टिप्पणी गर्नु पनि पर्छ । तर, पठन संस्कृति बढदा बेफाइदा कसैलाई हुन्न भन्ने सबैलाई थाहा छ । त्यसो हो भने हामीले आफ्नो ठाउँबाट किन पहल नगर्ने ?






