सङ्कटमा धुवाँरहित उद्योग

हालै नेपालका तारे होटल सञ्चालकहरूको संस्था ‘होटल एसोसिएसन अफ नेपाल (हान)’ ले आफुहरूले होटल सञ्चालन खर्चसमेत धान्न नसकेको भनी पत्रकार सम्मेलनमार्पmत् जानकारी गराएको छ । हुन पनि हानले जनाएअनुसार हाल नेपालका तारे तथा पर्यटकस्तरीय होटेलको अकुपेन्सी २५ प्रतिशतदेखि २८ प्रतिशतसम्म मात्रै रहेको बुझिन्छ । हुन पनि विश्वभरि समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग’को मान्यता रहेको छ । त्यसैमा डिलक्स तथा लक्जरी होटेल स्टार होटेल, मोटेल, रिसोर्ट, कटेज, लज, गेस्ट हाउस, मचान, होमस्टे, पाहुना घर आदि पर्छ ।

विश्वमा पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग !’ भनेर पनि चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल (नेपालमा हालसम्म मोटेल प्रयोगमा देखिदैन), लज, कटेज, रिसोर्ट, गेस्ट हाउस, होमस्टे, पाहुना घरका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, आईस क्लाईम्बिङ, निकुञ्ज विचरण, बन्जी जम्पिङ, स्की खेल, चरा अवलोकन अर्थात् बर्ड वाचिङ, फिसिङ, सिकार पर्यटन, हट एयर बेलुनिङ, जिप फ्लाइएयर, चट्टान आरोहण, हाइकिङ, साइक्लिङ, जंगल सफारी, पर्वतीय उडान, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, मेडिकल टुर, ध्यान पर्यटन अर्थात योगा टुर, गाउँ अवलोकन भ्रमण, यस्तो भ्रमण कुनै जाति विशेषको बसोवास भएको ठाउँमा गरिन्छ, जसलाई अंग्रेजीमा ‘भिलेज टुर’ भनिन्छ, त्यस्तै प्राचीन सहर अवलोकन भ्रमण, सम्पदा अवलोकन अर्थात् हेरिटेज टुर आदिलाई बुझिन्छ ।

तर, हाल पर्यटनको मेरूदण्डको रूपमा रहेको होटल, मोटेल (नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, पाहुना घर आदि भने डावाँडोलको स्थितिमा रहेको छ भन्ने त हालै होटेल एसोसिएसन अफ नेपालले पत्रकार सम्मेलन गरेरै बताएको छ । यसको खास कारणमा सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरू भएको महामारी नोभेल कोरोनाभाइरस (कोभिड–१९) ले गर्दा नै हो । जसले नेपालमा मात्रै नभएर विश्वभरि नै विदा मनाउन र घुमफिर गर्न निक्लने पर्यटकहरूको संख्या हवत्तै घट्यो । फलतः विश्वभरिकै होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, पाहुना घर आदिको लगानी धरमरमा परेको विद्यमान अवस्था रह्ेको छ । अझ यो अवस्था केही वर्षसम्म रहने देखिन्छ ।

नेपालमा हाल १९ वटा पाँचतारे होटलसहित चारतारे, तीनतारे, दुईतारे, एकतारे होटलको संख्या पनि एकतिहाइले बढेर गएको छ

हुन पनि कुनै पनि मान्छे आप्mनो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आप्mनो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरूरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने÷पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आप्mनै देशमा पनि आप्mनो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यक्ता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ ।

अर्को महत्वपर्ण कुरो के हो भने, जसले एक रात आप्mनो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आवद्ध ‘विश्व पर्यटन संगठन (युएन–डब्लुटिओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ । यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल, कटेज, गेस्ट हाउस वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न चाहिँ त्यही दिन भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? भन्ने पनि प्रश्न उठेको छ । खास गरी हाल भगवान मानिएको र बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ?

जे भए तापनि समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा (कोभिड–१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौं प्रगति भई रहेको थियो । किनकि दुई वर्षअघि आएको एक समाचारअनुसार नेपालको होटल उद्योगमा त्यो वेला नै लगभग १३ खर्ब लगानी भैसकेको थियो । त्यो आधारमा हेर्दा हाल २५÷२६ खर्बभन्दा बढी नै नेपालको होटल उद्योगमा लगानी भैसकेको हुनु पर्छ । हुन पनि कैलाली जिल्लाको धनगढी लगायत विभिन्न स्थानमा मात्रै होटल उद्योगमा ९ अर्बभन्दा बढी लगानी भएको छ ।

सन् २०१८ मा जब तत्कालीन (हाल पनि) भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दु धर्मालम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरे त्यसपछि मुस्ताङ जिल्लामा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ भ्रमण गर्न आउने भारतीय पर्यटकहरूको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको थियो । यसो त विसं २०७६ साउनको अन्त्यतिर रातोपाटी ‘अनलाइन’मा छापिएको समाचारअनुसार सन् २०१५ मा मुक्तिनाथ क्षेत्र वरिपरि मात्रै १६ वटा पर्यटकस्तरीय होटल थिए भने हाल त्यहाँ पर्यटकस्तरीय होटलको संख्या २५-२६ वटा पुगेको छ ।

विश्वमा हाल धुँवारहित उद्योगका रूपमा रहेको होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, पाहुना घर आदिको लगानी धरमरमा परेको छ

सन् १९९३-९४ तिर यो पंक्तिकार टे्रकिङ भरियाको रूपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईवटा मात्रै होटल देखेको थियो । त्यसो त त्यो वेला थोराङपास ट्रेकिङ रूटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रूटहरूमा त्यो बेला होटल वा लज हन्थेन । त्यसरी होटल वा लज उपलब्ध नभएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । त्यो बेला मुक्तिनाथ दर्शन गर्न आउने धेरै जसो भारतीय र नेपाली हिन्दु तीर्थयात्रीहरू पाटी, पौवा वा भनौं धर्मशालामा वास बस्थे भने, युरोप, अमेरिका लगायत विकशित देशका पदयात्रीहरू क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे ।

यसरी हेर्दा गत वर्षको तथ्यांकअनुसार मात्रै पनि नेपालको होटलहरूले वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचको एक वर्षमा केही नभए तापनि १०-१२ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हाम्रो देश नेपालमा होटल क्षेत्रले अपेक्षा गरेभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । तर, त्यही अनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने, होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ ।

उनीहरूमध्ये धेरैले आफ्नै पकेटको पैसा भन्दा पनि बैँक तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् । त्यसमाथि सहर वा बजार क्षेत्रमा खुलेका ‘होस्टेल’ र ‘होम स्टे’हरू ठूला वा भनौं तारे होटलहरूका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडौं लगायत सुविधा सम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होमस्टे’हरू चलाउन दिनु हुँदैन ! भन्ने ठूला वा भनौं तारे होटलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ? यसतर्पm पनि सरकारको मातहत रहेको नियामक निकायले सोच्नुपर्ने देखिन्छ ।

नेपालमा हाल १९ वटा पाँचतारे होटल सञ्चालनमा आएको छ । त्यस्तै गरेर चारतारे, तीनतारे, दुईतारे, एकतारे होटलको संख्या पनि पहिलेभन्दा एक तिहाईले बढेको छ । के भन्ने गरिन्छ भने अहिले नेपालमा पर्यटकस्तरीय होटलको संख्या मात्रै लगभग एक हजार वटा रहेको छ । होटल सञ्चालकहरूको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू सात–आठ वटा ठूला तारे होट बन्दैछन् । यसरी पाँचतारे होटल बढ्ने क्रममा छ भने, एकताका दक्षिण एसियाकै उत्कृष्ट होटल भनी चर्चामा आएको फुलबारी रिसोर्ट भने हालसम्म बन्द रहेको अवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङ युएई प्रस्थान