वडाध्यक्ष र सचिव घुससहित पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले आज राती पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–६, रामजानकी हस्पिटल नजिक रहेको रोहन होटेलबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । अख्तियारका डिएसपी सुभाष राय नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन