मिटर ब्याज कारोबारलाई गैरकानुनी घोषणा गर्न माग

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानुनी घोषणा गर्न माग गरेको हो ।

मिटर ब्याजको कारोबार गर्ने गरिब तथा किसानमारालाई कडाभन्दा कडा कारबाही गर्नसमेत माग गरिएको छ । महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सावाँ रकमबराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाह गर्न माग गरे । उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासंघले आग्रह गरेको छ ।

ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटर ब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासंघको माग छ । महासंघले मिटर ब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्नसमेत माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता