काठमाडौं । प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा कमल श्रेष्ठले अग्रता कायम गरेका छन् । स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रवार सम्पन्न चार चरणको खेलमा उनले ३ दशमलव ५ अङ्क प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तुण्डकारको २ दशमलव ५ अङ्क छ ।
क्याटोगोरी बिमा राधिका पौडेल ४ अङ्क सहित शीर्ष स्थानमा छिन्, दोस्रो स्थानमा रहेको प्रज्ञा पन्त र सिन्दिरा जोशीको ३ अङ्क छ ।
क्याटोगोरी सीमा राजकुमार राई ४ अङ्क सहित शीर्ष स्थानमा छन् । पूर्ण राज खड्का, पूर्वा लामा, महेन्द्र कुमार साम्बहाम्पे र सुनिल घिमिरेको ३ दशमलव ५ अङ्क छ ।
क्याटोगोरीडीमा अनमोल चन्द, दीपेन्द्र काफ्ले, पदम कृष्ण श्रेष्ठ र राजन शाहको समान ४ अङ्क छ ।
काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा जारी प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता छ । प्रतियोगिताको काठमाडौँ २८ का अध्यक्ष भाइराम खड्गीले उद्घाटन गरे ।
सो अवसरमा थापाथली चेस पार्कका अध्यक्ष सानु राज बज्राचार्य र प्रतियोगिता निर्देशक इन्द्र बस्नेतको पनि उपस्थिति थियो । प्रतियोगिताले नेपाली चेस खेलको विकासमा थप सहयोग गर्ने विश्वास रहेको बस्नेतले बताए ।
सम्बन्धित समाचार
जनकपुरको अर्को जित, पोखराको लगातार हार
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
कर्णालीमाथि काठमाडौं गोर्खाजको शानदार जीत
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै
एनपीएल : प्लेअफ रेसबाट बाहिरियो पोखरा, विराटनगरको जित
सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली





