‘यहीं कतै २’ सार्वजनिक

काठमाडौं । प्रबिशा अधिकारी को स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थानमा छायाँकन गरिएको छ ।

जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भैसकेका छन् । गायन र अभिनयमा जमेकी उनको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास रहेको उनले बताइन । ओम गोरखालीको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशनमा भिडियो तयार गरिएको हाे ।

https://www.youtube.com/embed/UlY0pVbJObA

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन