लकडाउनमा आलु प्याजको कालोबजारी गर्ने पक्राउ

जनकपुरधाम । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, अंकित साह र विकाशकुमार साह रहेका छन् ।

बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कोरोना संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनको मौका छोपी बजारमा उपभोग्य सामग्रीको अभाव सिर्जना गरी कालोबजारी भइरहेको छ । नेपालीहरुको भान्सामा नभई नहुने प्याज र आलुको भएकाले पनि व्यापारीहरु दूबैको सबैभन्दा बढी कालोबजारी गरिरहेको छ ।

प्याज ७० रुपैयासम्म किलोमा विक्री भइरहेको छ भने आलु ६० रुपियामा बिक्री भइरहेको उपभोक्ताहरुले वताएका छन । कोबी ५० रुपैया केजी विक्री भइरहेको छ । खासगरी तरकारीको बिक्री मूल्य बिक्रेताहरुले मनोमानी तरिकाले निर्धारण गरेपछि यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । अन्य समानहरुको पनि मूल्यवृद्धि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ