चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित

टीकापुर । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाका स्थानीय आन्दोलित भएका छन् । सो नगरपालिकास्थित मालाखेती अस्पतालका चिकित्सको लापरबाहीले सोमबार नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

सोमबार गोदावरी नगरपालिका–२ कडायत टोलकी लक्ष्मी भट्टराई र उनका नवजात शिशुको मृत्यु भएको २४ घण्टा बितिसक्दा पनि शव उठेको छैन । उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनसँग छलफल भए पनि माग पूरा नभएको पीडितको गुनासो छ ।

मृतकका श्रीमान् शिवराज भट्टराईले सोमबार राति भएको छलफलमा मंगलबार बिहान छानबिन समिति गठन गर्ने भनिए पनि समिति गठनमा बेवास्ता गरिएपछि आन्दोलन गर्नुपरेको बताए । नवजात शिशु र आमाको शव अस्पतालमा राखिएको छ । लापरबाही गर्नेलाई छानविन गर्ने भनिएकामा कुनै सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । आफूहरूले राखेका माग सम्बोधन नभएसम्म शव नउठाउने आफन्तको अडान छ । अस्पतालको लापरबाहीले श्रीमती र नवजात शिशु गुमाउनुपरेको आफन्तको गुनासो छ ।

स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् । भीडलाई नियन्त्रण गर्न प्रहरीले राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन