काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यसमेत खारेज गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अडियो प्रकरणमा विवादित बनेका श्रेष्ठमाथि पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए ।
अनुशासन समितिको शिफारिसमा केन्द्रीय समितिले आज कारवाही गरेको सभापति लामिछानेले बताए । अब श्रेष्ठको ठाउँमा रास्वपाले निर्वाचन आयोगमा पहिले पठाएको बन्द सूचीबाट अर्को समानुपातिक सांसद शिफारिस गर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)






