नयाँ वर्षसँगै शाकाहारी बन्ने हो कि ?

स्वस्थ तथा गुणस्तरयुक्त खाद्य पदार्थको खोजीमा बजार जाने ठाउँ चहारी पैसा तिरेर पनि सफा र स्वस्थ खाद्य वस्तु नपाउँदा उपभोक्ता हैरान छन् । शरीरलाई फाइदा पुगोस् भनेर खरिद गरिने खानेकुरा उल्टै धनको नाश र जीवनकै बरबाद हुने पो हो कि भन्ने भयले सताइरहेको छ । बजारमा अखाद्य पदार्थ र मिसावटको बिगबिगी भई स्वास्थ्यमा नराम्रोसँग खेलवाड भइरहेको छ ।

उपभोक्तामा चेतनाको कमीले गर्दा खाद्य पदार्थ किन्दा लेबल नहेर्ने, गुणस्तरहीन वा अखाद्य पाइए उजुरी नगर्ने प्रवृत्तिका कारण पनि बजारमा यस्ता लापर्वाह र खाद्य पदार्थको बिक्री वितरण बढ्दो छ । उत्पादन मिति, उपभोग मिति, लेबल, तोकिएबमोजिमको मात्रा भए नभएको तथा मिति सिद्धिएको, पोषक तत्व र रसायन भए नभएको हेरिँदैन । उपभोक्ता आफै जागरुक नहुने, जस्तो वस्तु र सेवा लिए पनि चुप लागेर बस्ने, अनुचित कार्यको उजुरी नगर्ने, मेरो जस्तो अवस्था अरूले भोग्नुनपरोस् भनी प्रतिवाद नगर्ने भएकाले उपभोक्ता संघसंस्था पनि सक्रिय रूपमा अधिकार रक्षाका लागि नलड्ने प्रवृत्ति छ ।

उपभोक्ता अधिकार कानुनमा सीमित छ । त्यसैमा आधुनिकता, इज्जतिलो तथा व्यस्त र ठूलो देखिन भान्सामा भन्दा रेस्टुराँ तथा डिब्बाबन्द, सुन्तलाभन्दा त्यसको जुसमा र बेरंगी तथा फिक्का मिठाईमा भन्दा रंगीन मिठाईमा अभ्यस्त भएका छौं । उपभोग प्रणालीले उत्पादन प्रणालीमा ठूलो असर परेको छ । व्यस्त जीवन र अल्छीले तयारी खाद्यवस्तुको माग बढेको छ । त्यस्तै, व्यावसायिक रेस्टुराँहरूले मात्र हरेक वर्ष कम्तीमा ५४ अर्बबढी पाउन्ड खाद्यवस्तु मिल्काउँछन्, जसमा घरबाट फ्याँकिने खाद्यपदार्थको हरहिसाबै छैन । संयुक्त राष्ट्रसंघको प्रतिवेदन सन् २००९ मा उल्लेख भएअनुसार विश्वमा उत्पादित आधा खाद्यवस्तु खेर जान्छ, जसलाई सजिलैसँग रोक्न सकिन्छ । यसो गर्दा एकातिर जलवायु परिवर्तनका कारण हुने तापक्रम वृद्धिलाई नियन्त्रण गर्न सकिन्छ भने अर्कातिर भोकमरी तथा कुपोषण क्षेत्रमा पठाएर थुप्रैको ज्यान बचाउन सकिन्छ भन्दै शाकाहारी भोजनलाई महत्व दिइएको छ । उत्पादन, प्रयोगलगायतमा बढी शक्ति तथा स्रोतको जरुरत पर्ने मांसहारी भोजनभन्दा शाकाहारी भोजन रोज्ने चलन एक दशकयता बढेको छ ।

कस्तो भोजन गर्ने ?

भोजन आवश्यकताभन्दा पनि बानी हो बदल्न समय लाग्छ, अप्ठेरो हुन्छ तर असम्भव छैन । मांसहारी भोजनले प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरेको, पर्यावरणको क्षति र ग्रिनहाउस असरलाई पनि तीव्र पारेको छ । अमेरिकाले उत्पादन गर्ने मकैको ९१ प्रतिशत, सोयाको ७७ प्रतिशत र जौको ६४ प्रतिशत खानेकुरा मासु खाने उद्देश्यले मात्रै पालिएका जनावरलाई खुवाइन्छ । यो खाद्यान्न सोझै मनुष्यलाई दिए संसारको भोकमरी तुरुन्तै समाप्त हुनसक्छ होला ।

जर्ज बर्नाड शाले भनेका थिए, हाम्रो पेट भनेको मरेका जनावरहरूलाई गाड्ने चिहान होइन

एफएओको अध्ययनमा १४ देखि २१ प्रतिशत ग्रिनहाउस असरका ग्यासहरू मासु उत्पादन प्रक्रियाबाटै पैदा हुन्छन् । आलु १ पाउन्ड उत्पादन गर्न २ सय ८ लिटर पानी आवश्यक हुन्छ भने १ पाउन्ड बिफ वा गाईको मासुका लागि ४० हजार लिटर पानी खर्चिनुपर्छ । अमेरिकीहरूले आफ्नो भोजनबाट मांसहारी १० प्रतिशतले मात्र घटाए भने १० करोड भोका व्यक्तिलाई पर्याप्त शाकाहारी भोजन दिन सकिन्छ । मांसहारीबाट भइरहेका अन्य पर्यावरणीय क्षतिका आँकडा झनै डरलाग्दा छन् ।

शाकाहारी खानपान

शाकाहारी भोजनमा रहने भोजन तत्वहरू, फाइब्रर, सेलुलोजको प्रचुरताका कारण भोजन नलीभित्र व्यवस्थित रूपमा हलचल हुँदा भोजन नलीले ठीक प्रकारले काम गर्छ र क्यान्सरको सम्भावना कम हुन्छ । त्यसैगरी कब्जियत, कोलाइटिस, हर्नियाजस्ता रोग लाग्न पाउँदैन । हृदयसम्बन्धी रोगसमेत रोकथाम हुन जान्छ ’cause, मासुमा हुने चिल्लो पदार्थ खाँदा रक्त प्रवाह बन्द भएर हृदयाघात वा हृदयसम्बन्धी रोग लाग्ने गर्छ । त्यसैले कम खानु, समयअनुसार खानु र बारम्बार नखानु राम्रो हुन्छ । शाकाहारी भोजनले दीर्घायु दिन्छ र पर्यावरण पनि राम्रो हुन्छ । जलवायु परिवर्तनका थुप्रै कारक तथा न्यूनीकरणका उपाय भए पनि माछामासुको चर्चामा व्यक्तिगत रूपमा हामी सबैले आफ्नो खाद्य रोजाइमा परिवर्तन गरी जलवायु परिवर्तन तथा बढ्दो तापक्रम नियन्त्रणमा सहयोग गर्न सकिने र स्वस्थ रहने तथ्यले देखाउँछ ।

मानव स्वास्थ्यसँग पनि जलवायु परिवर्तनको सम्बन्ध छ । मानिसमा लाग्ने रोग र संसारभर बढ्दो तापक्रमबीच कयौं कोणबाट सम्बन्ध छ । मुटुजन्य रोग, क्यान्सर, सरूवा रोगहरू इन्फ्लुएन्जा, साल्मोनेलाको संक्रमणजस्ता थुप्रै रोग जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित छन् भने अप्रत्यक्ष रूपमा दुर्घटना, तनाव, आत्महत्या, भोकमरी, कुपोषण आदि पर्छन् । यसै अन्तरसम्बन्धलाई गहिराइसम्म बुझेर विश्व स्वास्थ्य संगठनलगायत विभिन्न देशले आफ्नो नीति र संरचनामा परिवर्तन ल्याएका छन् । मुटुजन्य रोग र क्यान्सरबाट जोगिन तथा सम्भावना घटाउन कदम चालियो भने रातो मासुको उपभोग घट्छ, जसले जलवायु परिवर्तनको खतरा घटाउँछ । ’cause, पृथ्वीमा कुल हरितगृह ग्याँस उत्सर्जनमा गाईबस्तुको भूमिका १८ प्रतिशत छ । विश्व क्यान्सर अनुसन्धान कोषको सुझावमा पनि सातामा बढीमा आधा किलो रातो मासु खाई खपतदर घटाएर क्यान्सरलगायतका रोगबाट बच्न सकिन्छ तथा बढ्दो तापक्रम नियन्त्रणमा योगदान पु-याउन सकिन्छ । मासु खाँदा मात्र नभई गाईबस्तु जन्मेदेखि मरेपछिसम्म तिनीहरूको आहारा, पालनपोषण, मलमुत्र, मासु तथा अन्य अवशेषको विसर्जनबाट धेरै मात्रामा हरितगृह ग्याँस निस्कन्छ । जिउँदा गाईबस्तुको ढुवानी र मासुको वितरण प्रणालीबाट समेत वायुमण्डलमा कार्बनडाइअक्साइड ग्याँस वृद्धि हुन्छ ।

स्वस्थ्यबद्र्धक, वातावरणमैत्री र धार्मिक भावनाका कारण दिन प्रतिदिन हत्या, बली र मासु सेवन त्यागी शाकाहारी बन्नेक्रम बढ्दो छ । जनस्वास्थ्यमा असर पारी गर्मीमा हुने मृत्युदरमा वृद्धि, उच्च ठाउँमा पनि लामखुट्टे तथा त्यसका कारण औलोको प्रभाव, पानीबाट उत्पन्न हुने र सरुवा रोग बढ्ने, शीत प्रदेशीयमा ठण्डीबाट हुने मृत्युदरमा कमी, पानीको मात्रामा कमी भई अकासे पानीमा भर पर्नेबेला आएको छ ।
हालै प्रकाशित विश्व बैंकको प्रतिवेदनमा दक्षिण एसियाली देशहरूमा जनघनत्व र गरिबी बढिरहँदा जलवायु परिवर्तनका कारण २ डिग्री सेन्टिग्रेड तापक्रम बढी कुल गार्हस्थ उत्पादनमा ४ देखि ५ प्रतिशतले कमी हुनेछ । त्यसो त खाद्य ऐन, नियमावली आएका छन् । समयक्रमसँगै संशोधन भएका छन् तर प्रभावकारी कार्यान्वयन कहिल्यै भएको छैन । अहिलेसम्म कसैले जेल सजाय पाएको अभिलेख छैन । खाद्य मिसावट यति भयानक छ कि सरकारले यो ऐन प्रभावकारी ढंगले कार्यान्वयन गर्दा सजाय दिन नेपालका जेलमा खुट्टा टेक्ने ठाउँ पनि पुग्दैन होला ?

अन्त्यमा, मासु तथा दुग्धजन्य वस्तुको खपत घटाएर, स्थानीयस्तरमा उत्पादित वस्तुको खरिद तथा प्रयोग, अर्गानिक वस्तुको खरिद, बजारमा बोत्तलको पानी किन्नुभन्दा घरबाटै पानी लिएर जाने, स्थान भए घर’roundमै हरिया सागपात, खुर्सानी, टमाटर, धनियाँ आदि उब्जाउने, चिया कफी र हल्का पेयपदार्थको सट्टामा पानी पिउने तथा स्थानीयस्तरमा उत्पादित फलफूल, खाद्यपदार्थ खरिद गर्ने गरौं र जलवायु परिवर्तन हुन नदिई नियन्त्रण गरौं । वातावरण संरक्षणमा केही योगदान पु¥याई वायुमण्डलको तापक्रम बढ्न नदिऔं । लियो टल्सटाय, बर्नाड शा, आइन्सटाइन, गान्धी, रवीन्द्रनाथ टैगोरजस्ता शाकाहारीहरूको दाबी छ जबसम्म हिंसात्मक भोजन जुटाइन्छ, तबसम्म संसारमा कुनै न कुनै प्रकारले युद्ध चलि नै रहनेछ ।

विश्व प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाले भनेका थिए ‘हाम्रो पेट भनेको मरेका जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसहारीप्रति लक्षित यस उद्गार पढेर, सुनेर धेरै मान्छे शाकाहारी बनेका छन् भने अब हामी पनि यावत तथ्य थाहा पाइसकेपछि पनि शाकाहारी बन्न सक्छौं कि सक्दैनौं त ? त्यसको परीक्षा तपाईं हामीसँग छ, पास हुने कि फेल त्यो त अबका दिनमा देखिएला ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट