नेपालको जादुमय बलिङ, ४ ओभरमा अमेरिकाको ४ खेलाडी आउट

काठमाडौं । १ सय ९१ को लक्ष्य पाएर जवाफी ब्याटिङका लागि मैदानमा आएको अमेरिकी टोलीको लगातार विकेट खसेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत यतिबेला नेपालले अमेरिकाको सामना गरिरहेको छ ।

जवाफी व्याटिङ गरिरहेको अमेरिकी टोलीविरुद्ध ओपनर बलर करण केसीले पहिलो ओभरमा १ रन मात्र दिए । दोस्रो ओभरमा सन्दीप लामिछानेले बलिङ गरेका थिए । उनले एक विकेट लिए । तेस्रो ओभरमा करणले दुई विकेट लिए भने चौथो ओभरमा सन्दीपले पुनः एक विकेट आफ्नो नाममा पारे ।

जेभियर मेलवर्न मार्सल, स्टिभिन टेलर्सको विकेट करणले लिए भने एरोन जोन्स र मोनाक पटेलको विकेट सन्दिपले लिएका हुन् । सन्दीपले दुवै खेलाडीलाई एलबीडब्लुको धरापमा पारेका हुन् । ५ ओभरको खेल सकिँदा अमेरिकाले ४ खेलाडी गुमाएर १४ रन बनायो ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९