रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

आज बिहान लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

epaper

ताजा समाचार

कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो