रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

आज बिहान लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला