ठाकुरराम क्याम्पसका प्रमुखले दिए राजीनामा

वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशकुमार चौरसियाले कार्यकाल बाँकी छँदै सधैंको पदबाट राजीनामा दिएका छन् । जिल्लामा राजनीतिको अखडाका रूपमा कहलिएको यो क्याम्पसका प्रमुख डा. चौरसियाले आइतबार आफ्नो कार्यकाल अझै एकवर्ष जति बाँकी छँदै पदबाट राजीनामा दिएका हुन् ।

विद्यार्थी र क्याम्पसका कर्मचारी, गुरुवर्ग मात्र नभई जिल्लाका राजनीतिकर्मीको पनि राजनीतिक तानातानले मुलुककै जेठो क्याम्पसमध्येको यो क्याम्पसका प्रमुख अहिले भने विद्यार्थी र त्रिविको चेपुवामा परेका छन् । उनले दुवैतर्फलाई मिलाउन निकै प्रयत्न गर्दा पनि पार नलागेपछि राजीनामाको बाटो रोजेको बुझिएको छ ।

तथापि, उनले आफ्नो राजीनामापत्रमा अस्वस्थताका कारण लेखेका छन् । ४ चैत २०७७ मा उनी नियुक्त भएका थिए । चारवर्षे कार्यकालमध्ये अझै उनको एक वर्ष समय बाँकी नै थियो । क्याम्पस प्रमुख डा. चौरसियाले त्रिविको भीसी कार्यालयमा राजीनामा पत्र इमेलमार्फत पठाएको स्विकारे । ‘रेक्टरलाई पनि कल गरेर जानकारी गराएको छु,’ उनले भने ।

क्याम्पसको हित र विद्यार्थीको हितमा दिनरात लाग्दा पनि अन्य सातातिना झमेला क्याम्पसले झेल्दै आएका क्याम्पसको विडम्बना नै रहेको पनि उनको तर्क छ । ‘राम्रो काम गर्न नै पाइँदैन भने पदमा बसेर मात्र के गर्ने ?,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन