वैदेशिक रोजगारीबाट फर्किएकाहरु गाउँका लागि चुनौती बन्दै


पाल्पा । पाल्पामा कोरोना भाइरसको संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणलाई बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु चुनौती बनेका छन् ।

भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु खुलेआम हिंडडुल गर्न थालेपछि उनिहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती थपिएको छ । अस्पताल, जनप्रतिनिधिहरु, स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहित आम नागरिकलाई भारत सहित अन्य देशबाट घर फर्किएकाहरु खोजी गरेर उनिहरुको अवस्था पहिचान गर्ने अपिल गरिएको छ । यस्ता व्यक्तिहरुमा ज्वरो आएमा वा संक्रमणका लक्षण देखापरेमा घरमै वा स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संक्रमण रोकथाम र उपचार सहजिकरण समितिको बुधबार बसेको बैठकले बाहिरबाट फर्किएका खोजी गर्ने सहित विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सासंद नारायण प्रसाद आचार्यको संयोजकत्वमा ४ सदस्य निर्देशन टोली, कार्यटोली र सूचना संकलन तथा सम्प्रेषण समिति गठन गरेको छ ।

बैठकले स्थानीय सरकारले आफ्नो क्षेत्रमा डिस इन्फेक्टेन्ट औषधीहरु नियमित छर्किने, संक्रमित व्यक्तिहरुको पहिचान र खोजी गर्ने, अस्पताल र स्वास्थ्य संस्थामा जान सल्लाह दिने र घर वा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्न सल्लाह दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । रिब्दीकोट गाउँपालिका १ सय २५, पूर्वखोला गाउँपालिकामा २२, रामपुर नगरपालिकामा ११, रम्भा गाउँपालिकामा १०, रैनादेवी छहरामा २ सय ८८ र तानसेन नगरपालिका वडा नंं. १२ मा १२ जना भारत र तेस्रो मुलकबाट गाउँ फर्किएको तथ्यांङक पहिचान भएको छ । आफ्नो घर र गाउँ फर्किन सवारी साधनहरु नचलेपनि तराईसंग सिमा जोडिएका विभिन्न नाकाहरुबाट हुल बाँधेर मानिसहरु हिडेर भएपनि फर्किन थालेका छन् । तिनाउ, माथागढी, रैनादेवी छहरा गाउँपालिका र रामपुर नगरपालिकका विभिन्न नाका हुदै मानिसहरु प्रवेश गरेको सूचनाका आधारमा खोजी कार्य तिब्र पारिएको हो ।

मंगलबार राती भारताबाट कैलाली नाका हुदै पाल्पाको रामपुर नगरपालिका, पुर्वाखोला गाउँपालिका, रम्भा गाउँपालिका र बाग्लुङका गरी ३७ जनालाई तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण पश्चात सम्बन्धित स्थानीय सरकारको जिम्मा लगाइएको छ ।

उनिहरुमा संक्रमणको लक्षण देखा नपरेकाले क्वारेन्टाइनमा बस्ने शर्तमा सम्बन्धित क्षेत्रमा पठाइएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए । पाल्पामा २ सय ६५ बेड क्षमताको क्वारेन्टाइन तयार गरिएको छ । स्थानीय सरकार र जिल्लाका सरकारी स्तरबाट सिमित उपकरणबाटै संक्रमण रोकथाममा सक्रियता बढाएपनि पाल्पामा दुई ठूला अस्पताल र निजी मेडिकल हलहरु भने संवेदनशिल देखिएका छैनन् । कतिपय निजी मेडिकल हलहरु बन्द भएका छन् । लुम्बिनी मेडिकल कलेज प्रभास र यूनाइटेड मिसन अस्पताल पाल्पामा ज्वोरो आएर पुगेका बिरामीहरुलाई भर्ना नलिएर घर फिर्ता गरेका गुनासाहरु आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न