गण्डकी प्रदेशमा एमालेको सरकार ढल्यो

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । अधिकारीले उक्त प्रस्ताव आज बसेको प्रदेशसभा बैठकमा पेस गरेका थिए ।

६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक थियो । तर अधिकारीको पक्षमा २४ जना सांसदको मात्र मत प्राप्त भयो । यस्तै ३५ जना सांसदले विपक्षमा मत दिएपछि उनले विश्वासको मत गुमाएका थिए ।

अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । मतदानमा ५९ जना सांसद उपस्थित भएका थिए ।

केन्द्रको समीकरण अकस्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बन्नुभएका अधिकारी अल्पमतमा परेपछि स्वतः पदमुक्त भएका हुन ।

चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएका थिए । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७, राप्रपाका २ र एकीकृत समाजवादीका एक सांसद छन्।

मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा