आज सन्दीपको मुद्दामा अन्तिम पेशी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी सोमबारका लागि तोकिएको छ।

बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। ६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।

त्यसअघि २६ चैतमा न्यायाधीश शङ्कर राज बरालको इजालामा उनको मुद्दाको सुनुवाइ भएको थियो। जहाँ अदालतले बाँकी रहेका तीन जनाको बकपत्र लिन आदेश दिएको थियो। तर जहाँ दुई जनाको सुनुवाइ हुँदा अर्का एक जना जाहेरी पक्षका व्यक्ति भने देश बाहिर रहेको भन्दै उनले प्रहरीमार्फत् अदालतमा जानकारी गराएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा