सिन्धुलीमा प्याराग्लाइडिङको परीक्षण उडान

सिन्धुली । सिन्धुलीमा मंगलबार प्याराग्लाइडिङ परीक्षण उडान गरिएको छ । कमलामाई नगरपालिका–४ को च्याउँकोटबाट सिन्धुलीमाढीमा रहेको खुलामञ्चमा सफल परीक्षण उडान गरिएको हो ।

ओखलढुंगा घर भएका पाइलट दिलकुमार सुनुवारले पहिलो परीक्षण उडान गरेका हुन् । उनी पोखराबाट आएका हुन् । परीक्षण उडानमा प्रयास होटलका दिया थापाले पहिलो प्यासेन्जरका रूपमा उडानमा साथ दिएकी थिइन् ।

सिन्धुलीमा प्याराग्लाइडिङको सुरुवात प्रयास होटलको लगानीमा गरिएको हो । जेठको पहिलो साताबाट प्याराग्लाइडिङको नियमित उडानको तयारी गरिरहेको प्रयास होटलका सञ्चालक नेत्रजंग थापाले बताए । उनका अनुसार प्याराग्लाइडिङका लागि सुरुवाती चरणमा पाँच जना पाइलटसँग सम्झौता गरिएको छ । माग बढी भएमा पाइलट तथा प्याराग्लाइडिङ थप गर्दै लाने उनले बताएका छन् ।

निजी लगानीमा प्याराग्लाइडिङ उडान सुरु गर्न थालेको थापाले बताए । यसको मुख्य सञ्चालन नै प्रयास होटलको स्वामित्वमा रहनेछ । प्याराग्लाइडिङका लागि शुल्क निर्धारण गर्न भने बाँकी रहेको थापाले बताए । औपचारिक कार्यक्रम गरी प्याराग्लाइडिङको नियमित उडान सुरु गरिने पनि उनले जानकारी दिए । सुरुवाती चरणमा विशेष छुटसहित उडान सुरु गरिने पनि थापाले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी