इजरायली कृषिबाट नेपालीलाई शिक्षा

समृद्ध पूर्वइजरायल मध्यपूर्वको मरुभूमिको रूपमा चिनिथ्यो । जमिनको उपयोग हुन सकेको थिएन । मरूभूमिका कारण खाद्य तथा जल सुरक्षा अहम् सवालहरू थिए । सन् १९४८ को स्वतन्त्रतापश्चात् कृषि क्षेत्रमा कायापलट सुरुवात भयो । कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरियो । उन्नत मल, बिऊ र प्रविधि उपयोग गरियो । रासायनिक मलको प्रयोगले व्यापकता पायो । भूमिको वैज्ञानिक व्यवस्थापन भयो । सिँचाइलका लागि अनेकन विकल्पहरू पहिल्याइए । कृषि क्षेत्रको सबलीकरणले उत्पादनमूलक र सेवा क्षेत्रसमेत सबल बन्न पुग्यो । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सन् १९९७ ताका ६ प्रतिशत रहेकोमा सन् २०१५ मा २.५ प्रतिशत झ¥यो । थोरै श्रमशक्तिले कृषि क्षेत्रलाई हाक्न सक्यो ।

इजरायलको कृषि वास्तवमै अनुकरण गर्न लायक छ । कृषि क्षेत्रमा अनेकन टर्न कि प्रोजेक्ट अगाडि सारिएका छन् । तरकारी उत्पादनका लागि टनेलहरू निर्माण गरिएका छन् । टमाटरको सानो उदाहरण लिने हो भने हरितगृहमा प्रतिहेक्टर ३ सय टन टमाटर वर्षमा ४ पटक उत्पादन भइरहेको छ । पशुपालनका लागि अत्याधुनिक फार्म र वैज्ञानिक प्रविधि अपनाइएको छ । सन् १९५० यता डेरी उत्पादन अढाइ गुणाले वृद्धि भएको छ । गाईको वार्षिक ३ हजार ९०० लिटर दुध उत्पादन हुने गरेको हाल १२ हजार ५०० लिटर पुगेको छ । डेरी फार्मलाई दिगो र प्रदूषणरहित बनाइएको छ । पोल्टी फार्मकै कुरा गर्ने हो भने अण्डा संकलनका लागि मसिनको प्रयोग भइरहेको छ । दाना, ताप, प्रकाश, आद्रता, कायम व्यवस्थापन गर्न सोफ्टीकेटेड प्रविधि अवलम्बन गरिएको छ ।

कृषि क्षेत्रको मोडल देश इजरायलले बर्सेनि १ अर्ब ३० करोड अमेरिकी डलर बराबरबको कृषि तथा कृषिजन्य उत्पादन विश्वभर निर्यात गर्दछ

खुला समुद्र र मानव निर्मित तलाउमा वैज्ञानिक ढंगबाट मत्स्यपालनमा गरिएको छ । स्वच्छ पानीको अभावमा कोलज वाटर प्रविधि अवलम्बन गरिएको छ । माछाका भुरा उत्पादनका लागि पोइन टेक्नोलोजी उपयोगमा ल्याइएको छ । सिर्टस वर्गका ४० प्रकारका फलपूmल उत्पादन तथा निर्यात मात्र गरिएको छैन, एभोक्याडो, स्याउ, चेरी, इस्टबरी, अंगुर, केरा, अनारको व्यावसायिक प्रवद्र्धन गरिएको छ । गुलाब वा लिलि मात्र सयौं हेक्टरमा उत्पादन गरिएको छ । प्रविधिको प्रयोगले प्रतिहेक्टर प्रतिसिजन ३० लाख गुलाब उत्पादन भएको छ । प्रविधिको प्रयोगले हर क्षेत्रको उत्पादन र उत्पादकत्वमा आयमिक वृद्धि भएको छ ।

इजरायल कृषि क्षेत्रको मोडल मुलुक हो । बर्सेनि १ अर्ब ३० करोड अमेरिकी डलर बराबरबको कृषि तथा कृषिजन्य उत्पादन विश्वभर निर्यात भइरहेको छ । यहाँनिर भुल्नै नहुने कुरा के हो नेपाल प्राकृतिकरूपमा उर्वर भूमि हो भने इजरायल मिहितेन, प्रयास र लगनद्वारा उर्वर बनाइएको हो । इजरायली २ प्रतिशत जनसंख्याले बाँकी ९८ प्रतिशत जनसंख्या पालेका मात्र छैनन्, कृषि उपज विश्वभर निर्यात गर्न सक्षम छन् । जबकी नेपालमा ६६ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा सम्लग्न भइकन पनि वार्षिक १ खर्ब अधिकको कृषिजन्य आयात भइरहेको छ ।

इजरायलमा भूमिलाई चुक्लाबन्दी गरिएको छ । तर, पल्टिङका कारण हम्रो कृषि भूमि दिनानुदिन घट्दो छ । इजरायलमा कृषि क्षेत्रमच काम गर्न नेपाललगायतका मुलुकबाट श्रमशक्ति ओइरिरहेको छ । तर, नेपाली युवा विदेश पलायन हुँदा कृषि भूमि बाँझो हुने क्रम बढ्दो छ । इजरायलमा कृषि पेसालाई सम्मान गरिन्छ भने नेपालमा कृषि पेसा हेयपूर्ण छ । त्यसैले नेपालको कृषि क्षेत्र दारूण बनेको हो ।

समृद्धि पूर्व इजरायल मध्यपूर्वको मरुभूमिका रूपमा चिनिथ्यो । जमिनको उपयोग हुन सकेको थिएन । मरूभूमिका कारण खाद्य तथा जल सुरक्षा अहम् सवाल थिए । हाल विश्व कृषिजन्य वस्तु निर्यातमा हिस्सा ३.६ प्रतिशत छ । घरेलु आवश्यकताको ९५ प्रतिशत उत्पादन भइरहेको छ । सन् १९९९÷२००९ को अवधिमा २६ प्रतिशत उत्पादन वृद्धि भएको छ । सोही अवधिमा कृषि क्षेत्रमा सम्लग्न श्रमशक्ति संख्या २३ हजार ५०० वाट १७ हजारमा खुम्चिएको छ ।

यी सफलताका पछाडि निश्चित कारक तत्वहरू छन् । कृषि क्षेत्रलाई नीति, नियमद्वार बाँध्नु, कृषि क्षेत्रमा सामूहिकता र सहकारीको सिद्धान्त अवलम्बन गर्नु, कृषि क्षेत्रको खोज अनुसन्धानलाई चुस्त बनाउनु, कृषि भूमि चक्लाबन्दी गर्नु, लिजमा लिई कृषि उत्पादन गर्नु, कृषि क्षेत्रमा स्रोतसाधनको यथेष्ट उपयोग हुुनु, उन्नत बिउबिजनको प्रयोग गर्नु, नित्सर्ग गरिएको पानी प्रशोधन गरी उपयोगमा ल्याउनु, माटोको क्षमता ह्रास हुन नदिनु, कृषि क्षेत्रको दिगो विकासका निमित्त कृषि क्षेत्रको जोखिमलाई न्यूनीकरण गर्नु, कृषि तथा खुला भूमि संरक्षण गर्नु, परम्परागत कृषिबालीको संरक्षण गर्नु, कृषि क्षेत्रमा बित्तीय उत्प्रेरण उपलब्ध गराउनु, कृषि क्षेत्रलाई यान्त्रीकीकरण गर्नु, कृषि भूमिको वैज्ञानिक व्यवस्थापन गर्नु, कृषि क्षेत्रको पूर्वाधार विकासमा अनुदान उपलब्ध गराउनुु, कृषिलाई उद्योगसँग जोडेर लैजानु आदि कृषि क्षेत्रको मुख्यचुरो हो ।

अहिले विश्वभर अर्गानिक उत्पादनको माग उच्च छ, नेपाल अर्गानिक खेतीका लागि सुयोग्य थलो हो

हाम्रो सन्दर्भमा सिँचाइ, यान्त्रीकीरण, कृषिफार्म, भ्यालु एडिसन, सहकारी खेती, अर्गानिक खेती, चक्लाबन्दी टटकारा सवालहरू हुन् । तसर्थ हाम्रा टारहरू सुख्खा रहनुहँुदैन । बाँधबाधेर टारमा सिंचित गर्नुपर्छ । बाग्मतीको पानी प्रशोधन गरी बहुआयमिक उपयोग गर्नुपर्छ । तराईमा नहरका साथै ड्रिप इरिगेसनलमार्फत सिँँचाइ सुविधा पु-याउनुपर्छ । कृषि कर्म मानिसले होइन प्रविधिद्वारा गराइनुपर्छ । लाखौंको सवारीसाधन भित्र्याउन सक्ने व्यवासयीले १२–१५ लाख पर्ने रोपाइँ गर्ने यन्त्र भित्र्याउनु लर्खराउनुहँुदैन ।

बरू विकसित मुलुकमा आविष्कार गरिएका नयाँ नयाँ कृषिजन्य प्रविधि मुलुकमा भित्र्याउनुपर्छ । आव २०७३–७४ को बजेटमा बल्क, जोन, सुपर जोनको अवधारणा अगाडि सारिएको छ । त्यो आफंैमा सुन्दर अवधारणा हो । तर, उक्त अवधारणा कागजी वस्तु बन्नु हुँदैन । अहिलेसम्म कृषिजन्य कोरावस्तु मात्र निर्यात गरिएको छ । कोरावस्तु निर्यात गर्नुको अलावा भ्यालु एडिसन गर्दा अधिक लाभ हुन्छ । यसका निमित्त एग्रो प्रोसेसिङ उद्योग प्रवद्र्धन गर्नुपर्छ । सामूहिक तथा सहकारी कृषि प्रणाली प्रयोगमा ल्याउन सकिएको छैन । कृषकको मनमा उक्त अवधारणको वास बस्न नसक्नु उदेक लाग्दो कुरा हो । सामूहिक र सहकारी खेतीको निमित्त राज्यले आकर्षक कार्यक्रम अगाडि सार्नुपर्छ ।

कृषि भूमि एकीकरण, चक्लाबन्दी, कृषि भूमिको वर्गीकरण ठोस रूपमा हुन सकेको छैन । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न कृषि भूमिका एकीकरण, वर्गीकरण चक्लाबन्दी गर्नुपर्छ । त्योभन्दा पनि प्लटिङ गरी कृषि भूमि नष्ट गर्न यथाशीघ्र रोक्नुपर्छ उन्नत बिउको प्रयोगले १५–२० प्रतिशत उत्पादन वृद्धि हुने विज्ञको ठम्याइ छ । तर, अहिले पनि ग्रामीण इलाकारमा रैथाने बिउ प्रयोग भइरहेको छ । तसर्थ हाइब्रिड बिउको प्रयोगलाई अभियानका रूपमा अगाडि बढाउनुपर्छ । अहिले विश्वभर अर्गानिक उत्पादनको माग उच्च छ । नेपाल अर्गानिक खेतीका लागि सुयोग्य थलो हो ।

अर्गानिक उत्पादन बिक्री गर्न कुनै पापड पेल्नुपर्दैन । यसर्थ पहाडी क्षेत्रमा अर्गानिक खेतीलाई बढवा दिन किमार्थ चुक्नुहुँदैन । नेपालबाट कृषि वैज्ञानिक र युवा जनशक्ति पलायन हुनु लज्जाको कुरा हो । उपयुक्त अवसरको अभावमा उक्त जनशक्ति पलायन भएको हो । मुलुकमा उत्पादित कृषि वैज्ञानिक र दरिला पाखुरालाई मुलुकमै रोकिने गरी अवस पैदा गर्नुपर्छ । जसका निमित्त इजरायलले प्रशस्त गरेको मार्ग नेपालको लागि अनुकरणीय हुन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ