नाफामा रास्वपा, घाटामा कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने केही दलको सांसद सिट संख्या फेरबदल भएको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा छ तर कांग्रेसले पहिले जितेको एक सिट गुमाएको छ । कांग्रेसको प्रतिनिधिसभामा अब ८८ सांसद मात्रै छन् । प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेले समानुपातिकतर्फ ३२ सिट जितेको थियो । कांग्रेसले उपनिर्वाचनमार्फत तनहुँ १ गुमाएको हो । कांग्रेसले सो क्षेत्र गुमाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक सिट नाफा भएको छ ।

यसैगरी, एमालेको ७९ सिट छ । एमालेले समानुपातकतर्फबाट ३४ र प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो । स्वतन्त्र रूपमा निर्वाचित किरण शाह एमाले प्रवेश गरेपछि संसदमा एमालेको सांसद संख्या ७९ सिट पुगेको हो ।

यसैगरी, माओवादी केन्द्रको ३२ सिट छ । सो दल संसदमा तेस्रो दलको हैसियतमा छ । माओवादी केन्द्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट १४ सिट जितेको थियो भने प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ र प्रत्यक्षमा ७ सिट जितेको थियो । उपनिर्वाचनमा पनि सो दलले आफ्नो पुरानो जित कायम राख्दै थप १ सिट बढाएको छ । अब रास्वपाको संसद्मा २१ सिट पुगेको छ । रास्वपाले तनहुँ १ बाट उपनिर्वाचनमा सिट संख्या बढाएको हो ।

यस्तै, राप्रपाको प्रत्यक्ष ७ र समानुपातिक ७ गरी १४ सिट छ । संसद्मा राप्रपा पाँचौ हैसियतमा छ । जनता समाजवादी पार्टीको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट गरी १२ सिट छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सांसद छन् भने जनमत पार्टीबाट प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी प्रतिनिधिसभामा ६ सांसद छन् । लोसपाबाट चार जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा चार जना प्रत्यक्ष निर्वाचित सांसद छन् । यस्तै, राष्टिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीबाट पनि प्रतिनिधि सभामा एक÷एक जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने प्रभु शाह, योगेन्द्र मण्डल र अमरेशकुमार सिंह पनि प्रतिनिधिसभामा सांसद छन् । उनीहरू स्वतन्त्र रूपमा प्रतिनिधिसभामा निर्वाचित बनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित