प्रधानन्यायधीस नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा

काठमाडौं । वकिलहरूकाे साझा संगठन नेपाल बार एशोसियन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिबक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् ।

स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायधिस नियुक्ती अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो । देशैभरी आन्दोलन गर्नका लागि केन्द्रीय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती