सशस्त्रमा सम्भव भएसम्म रोजेकै ठाउँमा सरुवा, पाहुना सत्कारमा फूल र खादा खरिद गर्न नषेध

????????????????????????????????????

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्रको नेतृत्व सम्हालेको एक वर्ष पुगेकै दिन सशस्त्र मुख्यालयले झण्डै एक वर्षको कार्यहरुको विवरण सार्वजनिक गरेको छ ।

१८ वैशाख २०७९ देखि सशस्त्र प्रहरी बलको नेतृत्व बहन गरेका महानिरीक्षक अर्यालको पहिलो वर्षको कार्यकालअन्तर्गत २०७९ सालमा भएका कार्यहरुको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । सशस्त्र र नेपाल प्रहरी दुबै संगठनमा महानिरीक्षकको कार्यकाल चार वर्ष रहने प्रावधान छ । यद्यपि, ३० बर्से सेवा अवधि र ५८ वर्षे उमेर हद पनि अवकाशको प्रावधानमै उल्लेख छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सार्वजनिक गरेको २०७९ सालमा भएका कार्यहरुलाई नीतिगत, संस्थागत र संरचनागत गरी तीन तहमा विभाजन गरिएको छ । नीतिगतमा १२, संस्थागतमा २६ र संरचनागतमा ११ ओटा बुँदा समेटिएको छ । यस्तै, भावी योजनाहरु पनि उल्लेख गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले २०७९ सालमा भएका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् ।

नीतिगत कार्यअन्तर्गत पहिलो बुँदामा एफपीयू मिसन छनौट निर्देशिका संशोधन गरी सेवा अवधिका आधारमा जेष्ठ सशस्त्र प्रहरी कर्मचारीहरु मिसनमा सहभागी हुन पाउने भनी गरिएको व्यवस्था समेटिएको छ ।

त्यस्तै, कमाण्डका लागि पूर्वानुमान सूचि प्रकाशन गरी कार्यान्वयन गरिएको, बीएमआईको लागि कार्यविधि निर्माण गरी लागू गर्ने प्रक्रियामा रहेको, सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनैतिक नियोग तथा विभिन्न नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश जारी गरिएको, पुरस्कार तथा सम्मान कार्यविधि बनाई कार्यान्वयन गरिएको, सुरक्षा बस बदली निर्देशिका परिमार्जन गरिएको र हरेक ६÷६ महिनामा बेस बदली नीति लिइएको नीतिगत उपलब्धीमा उल्लेख गरिएको छ ।

यस्तै, फौजी संरचनाअनुसारको चेन अफ कमाण्ड बढि मजबुत बनाउन ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरुमा सशस्त्र प्रहरी नायव उपरीक्षक खटाइएको, विदेश तालिम नीति तर्जुमा गरी नियमसंगत रुपमा क्राइटेरिया भित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था मिलाइएको, संगठनमा १२ वर्ष र २५ वर्ष सेवा अवधि पुगेकालाई राष्ट्रसेवा पदक उपलब्ध गराउन पहल गरिएको, भौतिक पूर्वाधारहरुको निर्माण कार्य निर्माण कार्यविधि अनुसार गरिएको र सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति अख्तियार गरिएको उल्लेख छ ।

संस्थागत कार्यको पहिलो बुँदामा नापी विभागबाट स्ट्रिप नक्सा ल्याई तालिम दिने र प्रयोग गर्ने कार्य भएको उल्लेख गरिएको छ । मिनुस्मा एफपीयू मिसन मालीको लागि तयारी पूरा भई सबै बन्दोवस्तीका सामानसहित १४० जनाको टोली परिचालन हुने अवस्थामा रहेको, एपीएफ आईजीपी र भारतको एसएसबीको डीजीबीचको समन्वयात्मक वार्षिक बैठक २०७९ सालमा नेपालमा आयोजना गरिएको, अन्य तहमा २०७९ सालमा नेपाल र भारतबीच १५३ वटा र नेपाल र चीनबीच ९ वटा बैठक सम्पन्न भएकोे उल्लेख छ ।

त्यस्तै, प्रोफेसनल एक्टिभिटिज साइकल (पीएसी) सञ्चालनमा ल्याउने काम भएको, सशस्त्र प्रहरी कर्मचारीहरुलाई ट्र्याकसुट, स्पोर्ट्स सुज र हिमाली कपडाहरु खरिद गर्ने तयारी गरिएको, युनिटहरुमा आगन्तुकहरुको स्वागतमा खादा र फूलको खरिदलाई निरुत्साहित गरिएको, गोताखोर तालिम तथा टोलीको थप परिचालनको लागि आवश्यक तयारी गरिएको, सीटीईभीटीको समन्वयमा पोस्ट रिटायरमेन्ट कोर्षहरु सञ्चालनको सुरुवात गरिएको र सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमित काउन्सिलिङको व्यवस्था मिलाइएको संस्थागत कार्यहरुमा उल्लेख गरिएको छ ।

नेपाल एपीएफ अस्पताल र सशस्त्र प्रहरी परिवार महिला संघ मार्फत योजनाबद्ध रुपमा हेल्थ क्याम्प सञ्चालन गर्ने कार्य भइरहेको, अनलाइन लिभ म्यानेजमेन्ट सिस्टम लागू गरिएको, सरुवा फाराम भर्न लगाई सम्भव भएसम्म रोजेको क्षेत्रमा सरुवा गर्ने व्यवस्था मिलाइएको, युनिटहरुको स्थापना दिवस मनाउन शुरु गरिएको उल्लेख गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको, यसै क्रममा विभिन्न ६५ युनिटहरुमा जवान मेसहरुको स्तरोन्नति गरिएको, जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण गरिएको, एक जवान एक बेडिङ अवधारणा लागू गर्ने अवधारणाअनुसार करिव ८५ प्रतिशत कर्मचारीहरुका लागि बेङि तयार भइसकेको र ७० युनिटहरुमा सिसु स्याहार केन्द्र स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा इन्डक्सन चुल्हो प्रयोगको शुरुवात गर्न बिजुलीको क्षमता वृद्धि कार्यको थालनी भएको, कल्याणकारी सेवा केन्द्रबाट फ्रेन्च भाषाको पढाईलाई निरन्तरता दिने तयारी रहेको, नेपाल विद्युत प्राधिकरणको समन्वयमा चाजिङ स्टेशनहरु निर्माण कार्य शुरु भइसकेको र विभिन्न १७ स्थानमा स्टेशन शुरु गर्ने सम्झौता रहेकोमा पोखरामा तयार भइसकेको विषयलाई २०७९ सालमा भएका संस्थागत कार्यहरुमा उल्लेख गरिएको छ ।

संरचनागत कार्यहरुअन्तर्गत सीमा सुरक्षा विभागको स्थापना गरी व्यवस्थित कार्य आरम्भ गरिएको, सशस्त्र प्रहरी बल नेपालको बाहिनीहरुमा आवश्यक सम्पूर्ण तयारीका साथ फिल्ड अस्पतालको सञ्चालन क्रमिक रुपमा भइरहेको, प्रति आतंकवाद इकाई गठन गरी कार्य आरम्भ गरिएको, अस्पताल र निवृत्तीभरण शाखामा समन्वय एवं सहायता कक्ष स्थापना गरिएको, टेलि मेडिसिन सेवा सुरु गरिएको उल्लेख छ ।

यस्तै, झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लाहरुमा थप २१ वटा बीओपीको स्थापना गरिएको, क्रमशः अन्य जिल्लाहरुमा पनि थप गर्दै जाने योजना रहेको, प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन इकाई स्थापना गरिएको, अस्पताल, सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन इकाईमा हटलाइन सेवाहरु थप गरी कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।

सशस्त्र प्रहरी बलले आफ्नो भावी योजनाअन्तर्गत कैलाली र सप्तरीमा विपद व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने तथा मनाङमा हाई अल्टिच्युृड तालिम सञ्चालन गर्ने विषयलाई राखेको छ ।

यस्तै, सशस्त्रले आगामी दिनमा रेल्वे सुरक्षा गुल्म स्थापना गर्ने भएको छ । यस्तै, सबै प्रदेशमा डिजास्टर म्यानेजमेन्ट गुल्महरुको स्थापना गर्ने र समुदायमा डिजास्टर कम्युनिटी भोलियन्टर्स उत्पादन गर्ने योजना राखेको छ । साथै एपीएफ स्कुललाई सबै प्रदेशमा विस्तार गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी