दिमाग खराबका कलाकार छाने निश्चलले

काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेत लामो समयपछि यति बेला नयाँ चलचित्रको निर्देशन तयारीमा छन् । आफ्नो नयाँ फिल्म ‘दिमाग खराब’को कलाकार कार्यशाला तयारीमा रहेको उनले बताएका छन् । उनी ६ वर्षपछि चलचित्र निर्देशनमा फर्किएका हुन् ।

निश्चलका अनुसार उनले यो चलचित्रको छायाँकन यही १ जेठबाट सुरु गर्ने भएका छन् । प्रिपोडक्सनको अन्तिम तयारीमा रहेको यो फिल्मको लागि आफूले मुख्य कलाकार समेत चयन गरिसकेको उनले बताएका छन् ।

निर्देशक निश्चलले दुई दिनअघि आफ्नो फिल्मका कलाकारको नामसहितको लिरिकल पोस्टर पनि सार्वजनिक गरेका छन् । जसअन्तर्गत यो चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बराललाई अनुबन्धित गरिएको उनले बताएका छन् ।

यो चलचित्रलाई आगामी २४ कात्तिकबाट तिहारको अवसरमा देशव्यापी रिलिजको घोषणा समेत गरिएको छ । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रौनक विक्रम कँडेल छन् । रौनकसँग यस अघि निश्चलले तीनवटा फिल्म बनाइसकेका छन् ।

चलचित्र दिमाग खराबमा सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन रहने छ । फिल्मको पटकथा आकाश बरालले तयार पारेका हुन् भने ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा यो फिल्म निर्माण हँुदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 438 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम