करका विषयमा जानकारी दिने पुस्तक

ज्यको दिगो विकास र समृद्धिको मुख्य आधार कर नै हो । नेपालको राजस्व संकलनमा विभिन्न करको योगदान भए पनि मूल्य अभिवृद्धि करको योगदान सर्वाधिक छ । त्यसैले मूल्य अभिवृद्धि करलाई राजस्वको मेरुदण्ड मानिन्छ । २०५४ सालबाट लगाउन थालिएको कर कार्यान्वयनको २५ वर्ष पूरा भएको छ ।

लेखक : राममणी दुवाडी

अन्तर्राष्ट्रिय असल अभ्यास र आफ्नै देशको अनुभवका आधारमा २५ वर्षमा करमा धेरै सुधार गरिएका छन् । यिनैको फलस्वरुप करबाट हालका वर्ष कुल राजस्वको एकतिहाइ र कुल गार्हस्थ्य उत्पादनको झन्डै ७ प्रतिशत राजस्व संकलन हुने गरेको पाइन्छ । यसमा अझै सुधार गर्दै लैजान सके मूल्य अभिवृद्धि करबाट मात्रै कुल गार्हस्थ्य उत्पादनको झन्डै ९ प्रतिशत राजस्व संकलन गर्न सकिने प्रबल सम्भावना देखिन्छ । करकै सन्दर्भलाई लिएर अन्तर्राष्ट्रिय कर विशेषज्ञ डा. रुप खड्काले ‘मूल्य अभिवृद्धि कर कार्यान्वयनका पच्चीस वर्ष’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

पुस्तक : मूल्य अभिवृद्धि कर कार्यान्वयनका पच्चीस वर्ष
लेखक : डा. रुप खड्का
मूल्य : ३९५
प्रकाशक : पैरवी प्रकाशन


पुस्तकमा विभिन्न शीर्षकमा १२ अध्याय छन् । कर विषयमा चासो राख्नेका लागि प्रत्येक अध्याय उत्तिकै उपयोगी र ज्ञानबद्र्धक छन् । पहिलो अध्यायमा मूल्य अभिवृद्धि करको परिचय, उत्पत्ति र विकास शीर्षकबाट सुरु पुस्तकमा क्रमशः मूल्य अभिवृद्धि करको तर्जमा, तयारी र प्रयोग, मूल्य अभिवृद्धि कर छुट, कर दर्ता, करका दर, शून्य दर, कर कट्टी तथा कर फिर्ता, मूल्य अभिवृद्धि कर र आर्थिक समृद्धि, मूल्य अभिवृद्धि कर र समानता, मूल्य अभिवृद्धि कर कार्यान्वयन, मूल्य अभिवृद्धि कर राजस्व तथा मूल्य अभिवृद्धि करमा सुधार शीर्षकमा विभाजन गरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा करविज्ञका रूपमा सुपरिचित डा. खड्काले करीब दुई दशकदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकी संस्था (यूएसएआईडी)जस्ता करीब दर्जन अन्तर्राष्ट्रिय संघसंस्था र एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका करीब दुई दर्जन देशमा कर प्रणाली विकास तथा नीति निर्माणमा अन्तर्राष्ट्रिय करविज्ञका रूपमा काम गरेका छन् ।

उनले यसअघि नै नेपालको कर प्रणाली’bout दुई दर्जनजति पुस्तक प्रकाशन गरिसके भने अन्तर्राष्ट्रिय पत्रिकाहरूमा थुप्रै लेख प्रकाशन गरिसकेका छन् । प्रस्तुत पुस्तक नेपालमा मूल्य अभिवृद्धि करकार्यान्वयन’bout आद्योपान्त जानकारी लिनका लागि कर प्रशासक, करदाता, अनुसन्धाता, विद्यार्थी तथा आमनागरिकका लागि पनि निकै महत्वपूर्ण पाठ्यसामग्रीका रूपमा आएको छ । के हो कर ? पुस्तक

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?