रियल म्याड्रिड ९ बर्ष पछि कोपा डेल रेको च्याम्पियन

म्याडिड्र । रियल म्याडिड्र स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो । सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्यतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो ।

खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो । र, पहिलो हाफको खेल १–० मा नै टुंगिन पुगेको थियो । 

दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए । तर, ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए, सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्यत पुग्यो । रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
उम्मेदवार छान्न कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक बस्ने