एउटा सराहनिय आन्दोलन

बीरगञ्ज पथलैया औद्योगिक कोरिडर क्षेत्र भएर बग्ने सिर्सिया नदी प्रदुषणमुक्त गराउन दबाब दिने उद्देश्यले स्थानियले आन्दोलन घोषणा गरेका छन् । आन्दोलन भन्ने बित्तिकै आन्दोलनका भित्री उद्देश्य अन्य पनि हुन सक्छ तर, नदीलाई प्रदुषणमुक्त गराउने आफैंमा एउटा सकारात्मक अभियान हो यो अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग जरुरी हुन्छ । सिर्सिया नदी बीरगञ्ज पथलैया औद्योगिक क्षेत्रको सौन्दर्य हो । तर, पछिल्लो समय यो नदी यति बद्नाम छ । यसमा फालिएको फोहोर र फैलने दुर्गन्धको कारण ‘नदी’ शब्दकै अपमान भएको छ ।

चुरे तथा बन जंगल संरक्षण अभियानले सिर्सिया नदीको सौन्दर्य कायम राख्न भन्दै पहिलो चरणमा विभिन्न दवावमुलक कार्यक्रम घोषणा गरेको छ । स्थानिय तहबाटै नदी संरक्षणका लागि पहल होस् भन्दै कार्यक्रमको खाका सार्वजनिक गरेको समुहले यदि स्थानिय सरकारले बेवास्ता ग¥यो भने दोस्रो चरणमा केन्द्रमै गएर विरोधका कार्यक्रम सुरु गर्ने पनि जनाएको छ । नदीलगायत कुनै पनि प्राकृतिक सम्पदाको संरक्षणका लागि हुने यस किसिमका आन्दोलनप्रति आम सर्वसाधारणदेखी स्थानिय राजनितीक दल समेत समर्थन जनाउन वाध्य हुनेछन् । यसर्थ यो मामलामा संरक्षण अभियानले जुन काम सुरु गरेको छ उनीहरु सफल हुन्छन् भन्नेमा शंका गर्न जरुरी छैन । अर्को यथार्थ के पनि हो भने यो नदी प्रदुषण हुनुमा करिडोर क्षेत्रमा खुलेका औद्योगिक प्रतिष्ठानको ठूलो हात । कतिपय औद्योगिक प्रतिष्ठानले आफ्ना कलकारखानाबाट उत्पादन हुने फोहोर सिधै नदीमा लगेर बिसर्जन गर्ने पनि गरेका छन् । जुन काम कानुनी रुपमा निषेध छ । कानुनी रुपमा निषेधित हो भन्ने थाहा हुँदा हुँदै पनि कतिपय कल कारखानाले जर्बजस्ती नदी प्रदुषण गराइरहेका छन् भने तिनलाई कार्वाहीको दायरामा ल्याउनका लागि पनि आन्दोलन अनिवार्य छ ।

सिर्सिया नदी प्रदुष भएको र यसको बचाउका लागि आवाज उठेको यो नै पहिलो होइन् । यसअघि पनि पटक पटक नदी बचाउने अभियान स्वरुप विभिन्न कार्यक्रम भएका छन् तर, औद्योगिक प्रतिष्ठान सञ्चालक पहुँचका आधारमा कानुनले बर्जित गरेका काम जारी राखेका छन् । बिगतमा भएका कतिपय आन्दोलन विना निष्कर्ष टुंगिएको कारण आन्दोलनकारीलाई पनि औद्योगिक प्रतिष्ठानसंग मिलेको आरोप बेला बेलामा लाग्ने गरेको छ । यसपाली आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेहरुलाई पक्कै जानकारी छ । बिगतमा भएका आन्दोलन तुहिनुमा आन्दोलनकारीको पनि कमजोरी थियो । आशा गरौं यसपाली नदी बचाउन भन्दै सडकमा निस्केकाहरु कुनै पनि औद्योगिक प्रतिष्ठानको प्रभावमा पर्ने छैनन् र सिर्सिय नदीलाई आफ्नै गतिमा बग्न बातावरणका लागि मार्ग प्रसस्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद