भानुभक्त आचार्यको शालिक अविलम्ब निर्माण गर्न माग

जनकपुरधाम । धनुषाका विद्यार्थी संगठनले जनकपुरधाम उपमहानगर भानु चोकमा भानुभक्त आचार्यको शालिक अविलम्ब निर्माण गर्न माग गरेका छन् ।

विधार्थी संगठनले संयुक्त रूपमा मंगलबार नगरप्रमुख मनोजकुमार साहसँग भेट गरी शालिक निर्माण कार्य अघि बढाउन ध्यानाकर्षण गराएका हुन् ।

जनकपुरधाम उपमहानगर प्रमुख साहले ध्यानाकर्षण पत्र बुझ्दै चाँडै शालिक निर्माण कार्य अघि बढाइने बताए । शालिक निर्माण स्थगित भएको अफवाहको पछाडि नलाग्न आग्रह गर्दै उनले चाँडै निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

केही दिनअघि मात्र चोकमा भानुभक्त आचार्यको शालिक निर्माण शिलान्यास नगरप्रमुख साहले नै गरेका थिए । शिलान्यास क्रममा लोकतान्त्रिक विद्यार्थी संगठनले सो स्थानमा रमेश महतोको शालिक निर्माण माग गर्दै प्रदर्शन गरेका थिए ।

उपमहानगरपालिकाको नवौं नगरसभाबाट भानुचोकमा भानुभक्त आचार्यको शालिक निर्माण गर्ने निर्णय भएको र त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (एमाले), अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन, नेपाल समाजवादी विद्यार्थी युनियन मधेस, नेपाल तरुण दल, राष्ट्रिय युवा संघ, वाईसीएल, युथ फोर्स र युवा संघ नेपालले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण