एकै थलोमा तिन पुस्ते कलाकारको चित्रकला

काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मोक्षको विन्स हर्स ग्यालरी यतिबेला बुद्धचित्रमय भएको छ । त्यहाँ २२ बैशाखबाट तीन पुस्ताका कलाकारले तयार गरेको चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् ।

२५६७ औं बुद्ध जयन्तिको अवसरपारेर ‘थ्रि जेनरेशन अन्डर द फुल मुन’ शिर्षकमा त्यहाँ चित्रकला प्रदर्शनी गरिएको हो । आगामी १२ जेठसम्म जारी रहने यो चित्रकला प्रदर्शनीकोे उद्घाटन नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्ज र नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड ईन्डष्ट्रिजका अध्यक्ष सन्तोष कुंवरले संयुक्त रुपमा गरेका हुन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व संस्थापक कुुलपति किरण मानन्धरको सँयोजनमा यो प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा कलाकार संयोजन प्राज्ञ सुषमा राजभण्डारीले गरेकी छिन् । प्रर्दशनीको अवधारणा कलाकार उमेश श्रेष्ठको हो ।

प्रर्दशनीमा पहिलो पुस्ताका कलाकारहरु कलाकारहरु किरण मानन्धर,विजय थापा,गोविन्दलाल सिं डंगोल,कृष्ण मानन्धर,श्यामलाल श्रेष्ठ,गौतमरत्न तुलाधर,विपिन घिमिरे,आई.वि.मल्ल,राधेश्याम मुल्मी,शशी शाह,रागिनी उपाध्यायले तयार गरेका चित्रकला छन् । यस्तै दोस्रो पुस्ताका कलाकारहरु हरिजंग बमजम,एस.सी.सुमन,डा.सिमा शाह,सुषमा राजभण्डारी,उमाशंकर शाह,उमेश श्रेष्ठले तयारगरेका चित्रकला पनि त्यहाँ छ । सोही प्रदर्शनमिा तेस्रो पुस्ताट कलाकारहरु अनिता भट्टराई,गौरव तुुलाधर,कौशल श्रेष्ठ,प्रविन श्रेष्ठ,राजेश मर्हजन,रत्न शाक्य,शंकर श्रेष्ठ,सुर्य दुराज,सुष्मिता कंवरका चित्रकला राखिएको छ ।

प्रर्दशनीको उद्धेश्य’bout किरण मानन्धरले भने,‘नेपाली कल फाँटका तीन पुस्ताहरु विच सृजनात्मक अनुभव प्राप्तीलाई एक आपसमा बाड्दै नेपाली कला जगतलाई अरु अगाडी बढाउनु र एक पुस्ताले अर्को पुस्तालाई जान्न, बुझ्न र सम्मान गर्न यो प्रदर्शनी गरिएको हो ।’

वर्तमान सुस्ताईरहेको निराश अर्थतन्त्रको प्रभाव हाम्रो जस्तो विकाशशिल देशलाई झनै वढ्ता प्रभाव पार्ने भएकोले कला जगतलाई वढि प्रभाव परेको हुँदा कला सृजना र कला प्रर्दशनी गर्न एक्लै असहज र अन्यौल हुनबाट जोगिदै सृजनामा गतिशिल गराउनुको निम्ती उपयोगी हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले