दुर्घटनामा किशोरीको मृत्यु

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ९ः१५ बजेतिर इटहरी १७ स्थित सिप्रदीनजिकै मे११प ३५३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी–७ की २० वर्षीया एलिसा मगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राति नै विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा सवार इटहरी–५ की २२ वर्षीया सुस्मिता चौधरी सामान्य घाइते भएकी छन् । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव