महासंघका कलाकार सम्मानित

काठमाडौँ । नेपाल सांस्कृतिक महासंघको १८ औँ स्थापना दिवस मनाएको छ । बुधाबार विभिन्न कार्यक्रम गर्दे महासंघले स्थापना दिवस मनाएको हो । सो कार्यक्रममा कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष चित्रकला तयार गरे । कार्यक्रम विभिन्न कलाकारले नृत्य लगायत सांस्कृतिक कार्यक्रम समेत देखाए ।

कार्यक्रममा २० कलाकर्मीलाई सम्मान समेत गरियो । कार्यक्रममा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गङ्गाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरीलगायतलाई सम्मान गरियो ।

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले उनीहरुलाई सम्मान प्रदान गर्दै मुलुकमा लोकतन्त्र ल्याउन कलाकारहरुको पनि त्यत्तिकै योगदान रहेको बताए । उनले काँग्रेसभित्र अन्य भातृ सङ्घसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो रहेको जिकिर समेत गरे ।

सो स्थापना दिवस तथा चित्रकला कार्यशाला उद्घाटन गर्दै गुरुङले काँग्रेसलाई ऊर्जाशील बनाउन सक्ने संस्था नै नेपाल सांस्कृतिक महासंघ भएको बताए ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल सांस्कृतिक महासंघले युवामुखी कार्यक्रममा जोड दिनुपर्ने बताए । कोइरालाले नेपाल सांस्कृतिक महासंघलाई नेपालमा गिरिजाप्रसाद कोइराला बाहेक कसैले चिन्न नसकेको बताए । कार्यक्रममा नेपाल सांस्कृतिक महासङ्घका सभापति तिर्थ थापाले नेपाल सांस्कृतिक महासंघप्रति नेपाली कांग्रेसले हेर्ने दृष्टिकोण सम्मानजनक हुनुपर्ने बताए । उनले नेपाली कांग्रेसले सांस्कृतिककर्मीलाई प्राथमिकता राखेर प्रत्येक पाइलामा साथ लिएर हिँड्नुपर्ने धारणा अगाडि सारे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रामहरि खतिवडा, नेपाली कांग्रेसका बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, सांसद विनोद बान्तवा, शोभाकर पराजुली लगायतले कलाकर्मी र सांस्कृतिक महासंघको महत्व’bout प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ