वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको हो ।

यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो । नेपाली महिला फुटबल टिमले पछिल्लोपटक कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा यथावत रहन सफल भएको छ । भारत ५५औं स्थानसहित दक्षिण एसियामा शीर्ष स्थानमा रहँदा एसियाको ११औं स्थानमा छ । बंगलादेश १ सय ३४औं स्थानसहित दक्षिण एसियामा तेस्रो, श्रीलंका १ सय ४०, माल्दिभ्स १ सय ४२ र भुटान १सय ५४औं स्थानसहित छैटौ स्थानमा छ ।

विश्वमा सातौ वरीयतामा रहेको अष्ट्रेलिया एसियामा शीर्षस्थानमा छ । उत्तर कोरिया, जापान, चीन र दक्षिण अमेरिका एसियाको शीर्ष चारमा छन् । विश्वमा अमेरिका शीर्षस्थानमा यथावत रहँदा जर्मनी पनि दोस्रो स्थानमा यथावत छ ।

फ्रान्स, नेदरल्यान्ड, स्विडेन, इंग्ल्यान्ड अस्ट्रेलिया, ब्राजिल, क्यानडा र उत्तर कोरिया शीर्ष १० मा रहँदा जापान ११औं स्थानमा छ । फिफाले अब अर्काे वरीयता जुनमा सार्वजनिक गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

क्यालेन्डरमा नेपाल ई-स्पोर्ट्स लिग