प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन्। चीनको निमन्त्रणमा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म सिग्देलले चीनको भ्रमण गर्नेछन्।

प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागी हुने नेपाली सेनाले जनाएको छ। चीन प्रस्थानअघि सेनापतिलाई जंगीअड्डामा नेपाली सेनाको उक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान