महँगोमा अमेरिका र क्यानडा बिक्यो दिपेन्द्रको नाँगो गाउँ

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’ आगामी भदौ २९ बाट प्रदर्शन हुने यसका निर्देशक दीपेन्द्र लामाले बताएका छन् । आफ्नो चलचित्रलाई नेपाल इलेभेनले फिल्मको अमेरिका र क्यानडाको लागि खरिद गरेको पनि लामाले बताएका छन्, ‘अमेरिका र क्यानडाको २२ बढी राज्यका ५० बढी शहरमा फिल्म प्रदर्शन हुने छ । अमेरिकामा मात्रै ४ सय बढी शोको टुंगो लागिसकेको नेपाल इलेभेनका प्याट्रिक सुवेदीले बताएका छन् ।’ लामाले भनेका छन् ।

यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, पुष्कर गुरुङ, राज थापा, कमलमणि नेपाल, घनुभाई जोशी, निमा पाण्डेलगायतको मुख्य भूमिका रहेको छ ।

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ र ‘जारी’को जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेकाले पनि यो सिनेमाको बिदेशबाट त्यत्तिकै माग आएको दीपेन्द्रको कथन छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्मातामा छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरिरहेका छन् । निर्देशक लामा स्वयंको यो फिल्म लेखेका हुन् ।

निर्देशक लामाले फिल्ममा सामाजिक कथावस्तु तथा राजनीतिक परिघटनालाई प्रस्तुत गरेको बताएका छन् । घामपानी, छ माया छपक्कै, दुई नम्बरी जस्तो सफल फिल्म दिएका दीपेन्द्रले यो सिनेमा पनि सफल हुने विश्वास लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य