लाउड स्पिकर बोकेर जनप्रतिनिधि टोल–टोलमा

हाम्रो अनुरोध मान्नुहोला । कोभिड १९ बारे जनचेतना जगाउन माईकिङ गरेर गाउँ गाउँ डुल्दै आठविस नगरपालिका जनप्रतिनिधीहरु । तस्वीर : भक्तबहादुर शाही /दैलेख

दैलेख । शहर सदरमुकाममा शान्त र सुनसान भइरहेको बेला गाउँघर गुञ्जायमान भएका छन् । कोभिड –१९ फैलिन नदिन सरकारले लकडाउन गरेपछि शहर शान्त बनेको हो । तर गाउँघरमा भने शान्त हुनुका सट्टा गुञ्जायमान बनेका छन् ।

कोराना भाईरस विश्वव्यापी फैलिएपछि भारत वा तेस्रो मुलकबाट घर फर्किएका मानिसमा कोरोना’bout जनचेतना जगाउन कोरोना भाइरसको त्रासले शहर सुनसान छन् भने गाउँघर गुञ्जायमान बनेका छन् । गाउँमा क्वारेन्टाईन नहुँदा अधिकाँश परदेशबाट फर्किएकाहरुले जहानपरिवारसँग बस्न थालेपछि जनप्रतिनिधि चेतना जगाउँदै घरमा बसे पनि एक्लै बस्न सुझाव दिदै ‘माईकिङ’ गर्दा गाउँ गुज्यामान भएको हो । कोरोना भाईरसका लक्षण र बच्न तरिका’bout गाउँभरि सुचना दिनुका साथै भारत वा तेस्रो मुलुकबाट आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेका छन् ।

जिल्लाका ११ वटा स्थानीय तहमध्ये ८ वटाले क्वारेन्टाइन बनाइसकेका छन् भने ४ वटा स्थानीय तह बनाउन लागिपरेको ठाटीकाँध गाउँपालिका वडानं –६ का वडाअध्यक्ष मनबहादुर सिजापतिले बताए । हामीले भारतबाट गाउँमा फर्किएका व्याक्तिको तथ्यांक संकलन गर्ने क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौं । क्वारेन्टाइनको व्यवस्थापन पुरा नहुँदा जहान परिवारसँग घुलमिल नहुने गरी बस्न अनुरोध गरेका छौ । क्वारेन्टाईन बनीसकेपछि १४ सम्म क्वारेन्टाइनमा राखेर चेकजाँचपछि मात्र घर पठाउँछौं सिजापतिले भने ।

कोरोनाबाट बच्नका लागि ‘क्वारेन्टाइन’ स्थापना गर्नुका साथै ‘हेल्थ डेस्क’ पनि स्थापना गर्न लागिपरेका छन् । शहर भन्दा गाउँमा कोरोनाको भाईरस फैलिन सक्ने सम्भावितलाई ध्यानमा राखेर जनचेतना जगाउनुको साथै भारत वा तेस्रो मुलुकबाट फर्र्किकाको लगत संकलन गरिरहेको आठविस नगरपालिका –६ का धिरबहादुर शाहीले बताए । कोही परदेशी घर आए । हामीलाई खबर गर्नुहोस ।क्वारेन्टाईन जान घरबाटै सल्लाह दिनुहोस भनेर आफन्तलाई सिकाइरहेका छौं, उनले भने ।

परदेशिएका मानिस सुदुरपश्चिम प्रदेशको कैलालीको चिसापानी कर्णालीको तिर हुदै पुरानो पदमार्ग भएर ठूलो संख्यामा गाउँमा भित्रिएको सुचना पाईएपछि बिहीबारदेखि टोल–टोलमा गएर ‘माईकिङ्’ गर्न लागेको हो,आठविस नगरप्रमुख खडगराज उपाध्ययाले बताए । मुग्लानबाट आएकामा कोरोना भए गाउँमा फैलिन नदिन जनप्रतिनिधी नै गाउँगाउँमा जाने गरेका छन् । घरमै बस्न र लक्षण देखिए स्वास्थ्य संस्थामा आउनका लागि ‘माईकिङ्’ गर्न थालिएको हो,उनले भने । ‘स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाको नेतृत्वमा बिहीबारदेखि समुह बनाई सबै वडामा टोलि खटाईएको जानकारी नगरप्रमुखले दिए ।’

भारतबाट घर आएका १२० जनाको बिहीबार अभियानकै क्रममा लगत संकलन गरिएको आठविस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताए । हामी भारतबाट फर्किएकालाई परिवारबाट टाढा आफ्नै घरमा बस्न आग्रह गरेका छौ । ‘लक्षण देखा परेमा आठविस नगरपालिका सबै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको र सम्बन्धित ठाउँमा गएर नै स्वास्थ्य परीक्षण गरिने छ् । संक्रमण देखा परे राकम कर्णालीमा स्थापना गरिएको ‘क्वारेन्टाइनमा’ राखिने छ्,’ तिमिल्सेनाले भने ।

नगरपालिकाका सबै वडामा पुगेर ‘माईकिङ्’ बाट जनचेतना दिने बाहिरबाट आएको सूचना पाए घरमै पुगेर लगत संकलन गरिने छ । त्यहि क्रममा उनीहरुको स्वास्थ्य परीक्षण गरिने र शंका लागेमा स्वास्थ्य संस्थामा रिफर गरिने छ् । स्वास्थ्य प्रमुख तिमिल्सिनाका अनुसार सबै नागरिकहरुलाई घरबाट बाहिर नआउन सुझाव दिने गरिएको र साबुनपानीले हात धुन सिकाउने लगाएतका क्रियाकलापका ’boutमा जानकारी गराईएको छ् । ‘हामी अव प्रत्येक दिन यही अभियानमा खटिने छौं,’ नागरिकलाई ‘माईकिङ्मा’ ध्यान दिन अनु्रोध गर्दै घरको बसाईलाई सुरक्षित र सरसफाई बनाई राखिदिन सुझाव दिने छौँ ।’

जनचेतनासँगै लगत संकलन
आठविस नगरपलिकाकाले कोरोना विरुद्ध स्थानीय बासीमा जनचेतना सँगै भारतबाट फर्किएकाको तथ्यांक संकलन गरेको छ । बिहीबार पहिलो दिनमै ‘माइकिङ्’ गरेर जनचेतना जगाउने को क्रममा वडा नं.–२,४,३ मा गरी १२० जना भारत बाट घर आएकाको तथ्यांक संकलन गरेको हो । भारतबाट आएको मानिसलाई घरमै बस्न सुझाव दिएको र कुनै त्यस्तो कुनै लक्षण भएको महसुस भए स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गरेको स्वास्थ्य प्रमुख तिमिल्सेनाले बर्ता ।

चैत्र ४ मा भारतबाट घरमा आईपुगेका आठविस नगरपालिका वडा नं–२ मा ६० जना ,वडानं –४ मा ४८जना,वडानं– ३मा १२ जना भारत बाट आएकाहरुको पुष्टि गरी लगत संकलन गरिएको स्वास्थ्यप्रमुख तिमिल्सेना जानकारी दिए । हो । ‘अरु वडामा पनि यो संख्या भन्दा बढी नै मानिस भारत वा तेस्रो मुलुकबाट आएका छन् ।

राकम पुगे, स्वास्थ्यकर्मी
भारतबाट गत चैत्र ४ मा घर आइपुगेका दुई युवकमा उच्च ज्वरो आएपछि विहीबारदेखी स्वास्थ्यचौकी राकमकर्णालीमा मै राखिएको छ । राकममा रहेको कर्णाली विज्ञान प्रतिष्ठानको स्वास्थ्यकर्मीले औषधी गर्दा ज्वरोमा कमी नआएको भन्दै विरामीको स्वाव टेस्ट ल्याउन चारजना स्वास्थ्यकर्मीको टोली राकम गएको छ ।

प्रदेश अस्तपतालबाट दुई र जिल्ला अस्पतालबाट दुई जना ल्यावको टोली राकम गएको साँझ फर्किने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना स्वाव टेस्ट प्रदेश अस्पताल नहुने भएपछि काठमाण्डौ टेकु अस्पतालमा पठाईने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थिर प्रसाद रेग्मी बताए । उनले भने टोली आज नै जिल्ल फर्किन्छ । स्वाब टेस्ट ल्याउनको लागि मात्र गएको हो, उनले भने ।

साथै कोराना भाईरस अन्यत्र नफैलियोस भनि बसुन्धरा सहकारी संस्थाले आठविस नगरपालिकाका स्थानीयबासीमा मास्क वितरण गरेको सहकारीका अध्यक्ष अर्जुन शाहीले बताए । उनले भने, स्थानीय सरकार अहिलेसम्म मास्क वितरण नगरेकाले स्थानीयबासीलाई सावुन,मास्क वितरण गर्नुका साथै कोरोना भाईरसको ’bout गाउँ गाउँमा जनचेतना जगाउने गरेको छौ । विहिवार सहकारीले स्थानीयबासीलाई विहिवार शुक्रवार गरि १ हजार थान मास्क वितरण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगद्वारा मुख्यमन्त्री भट्टलाई २४ घन्टे स्पष्टीकरण