सिन्धुली । सिन्धुलीमा पिङमा अल्झिएर एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बेलुका ४ बजेतिर बारीमा बाँदर हेर्न गएका अवस्थामा पिङको कपडा घाँटीमा बेरिएर कमलामाई नगरपालिका वडा नं. २ सरस्वतीलेखकी ८ वर्षिय बालिका सिम्रन घलानको मृत्यु भएको हो ।
घरदेखि ५० मिटर पर बाँदर हेर्ने टौवामा आमाको कुर्थाको कपडाको पिङ बनाई खेल्ने क्रममा पिङको कपडा घाँटीमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)







