सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा चन्द्रनगर गाउँपालिकाका पुर्वअध्यक्ष महेद्र महतो सुडी सवार भारतीय नम्बर प्लेटको स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–२ बस्ने मनोज महतो रहेका छन । महतोको मृत्यु भएपछि स्थानीय तथा मृतकका आफन्त टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनकारीले पुर्वगाउँपालिका अध्यक्षलाई पक्राउ गरी कार्वाही गर, महेन्द्र महतो मुर्दावाद लगायतको नारा लगाउँदै प्रदर्शन गरेका थिए । चन्द्रनगर गाउँपालिकाका स्थानीय अजय महतोले पुर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडी सुनियोजित तरिकाले घटना घटाएको बताए ।
पुर्वअध्यक्ष सुडी र मृत्ककको गाउँ एउटै भएको हुदाँ पुरानो व्यक्तिगत रिसिवीले आफनो दिशा छोडेर मोटरसाइकल भएको दिसामा स्कारपियो ल्याई मनोजलाई ठक्कर दिई हत्या गरेको बताए । उनका अनुसार पुर्व गाउँपालिका अध्यक्ष सुडीलाई कार्र्वाही नगरुनजेलसम्म चक्काजाम हुने बताए ।
दुघर्टनाका प्रत्यदर्शी दलेश्वर जैशले यो दुर्घटना नभई दुर्घटना गराएर पुर्व अध्यक्ष सुडीले हत्या गराएको आरोप लगाए । प्रत्यक्षदर्शी जैशले अध्यक्ष महेन्द्र महतो सुडी सवार स्कारपियो आफनो दिशा छोडेर मृतक मनोजले मोटरसाइकल गुडाइरहेको दिशामा आएर ठोक्केपछि ठूलो अवाज आएको बताए ।






