Tuesday, September 21, 2021
Your Ads Here
HomeBreaking Newsलकडाउन अवज्ञा गर्ने ३ सय जना थुनिए

लकडाउन अवज्ञा गर्ने ३ सय जना थुनिए

,
sharethis


पोखरा । सरकारले आह्वान गरेको लकडाउनको अवज्ञा गर्नेहरुलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । लकडाउनको पाँचौं दिन शनिबार पोखराका विभिन्न भागबाट ३ सय जना सर्वसाधारणलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकालाई पोखरा रंगशालामा करिब २÷३ सम्म राखेर साँझमात्र छोडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले भने, ‘कोरोनाले नेपालको अवस्था समेत भयावह हुन सक्ने सम्भावना रहेकोमा लडकडाउनको अवज्ञा गर्दै निस्फिक्री घुम्ने ‘राष्ट्रघातीहरुलाई’ पक्राउ गरिएको हो ।’

केसीका अनुसार पोखरामा दिउँसोदेखि सहरका विभिन्न ठाउँ–ठाउँमा जम्मा भएका तथा अत्यावश्यक कामबाहेक निस्फिक्री घुम्नेहरुलाई पक्राउ गरी रंगशाला लगिएकोमा केहीबेर अघि सम्झाइबुझाइ छाडिएको हो । यसरी पक्राउ पर्नेहरु महिला पुरुष गरी करिब ३ सय जना जति थिए ।

सरकारले ७ दिनका लागि घोषणा गरेको लकडाउन अझै २ दिन बाँकी छ । बाँकी अवधिमा पनि सोको अवज्ञा गरेको दोहोरिए उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर समेत लगाउन सकिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको रेकर्ड समेत सुरक्षित राखिएको जनाइएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

लकडाउनको मर्म नबुझी उल्लङ्घन गर्दै हिड्नेहरुलाई समातिएको र कोरोना भाइरसविरुद्ध सचेतना समेत गराइएको प्रहरीले बतायो । रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टभित्र थुनिएका उनीहरुलाई त्यहाँ राख्दा भने सामाजिक दुरी कायम गरिएको थियो ।

यसैबीच, लकडाउन अवज्ञा गरेको भनी प्रहरीले एकैपटक ४०/५० मानिसलाई एउटौ गाडीमा कोच्नु भने मूर्खता भएको टिप्पणी हुन थालेको छ । कोरोना भाइरस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने हुँदा यदि कोही व्यक्ति सम्भावित संक्रमित भएको पाइए अर्को व्यक्ति समेत संक्रमित हुने डर उत्तिकै रहन्छ । कास्की प्रहरीले हेक्का नपु¥याएको टिप्पणी हुन लागेको हो । यस विषयमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले राष्ट्रविरोधीलाई जति कारबाही गरे पनि कम नहुने जिकिर गर्दै आगामी दिनमा विचार गरिने बताए ।

रंगशालामा थुनिएकाहरुलाई प्रहरी उपरीक्षक कार्की स्वयंले सचेतना गराउँदै कोरोना भाइरस कसरी सर्छ, यस्तो बेलामा घरभित्र किन बस्ने लगायतबारे ब्रिफिङ गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

आजको समाचार

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

साताका लोकप्रिय समाचार

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

हिजो हामी अष्टलक्ष्मी शाक्यकै लागि लड्यौ आज उहाँले धोका दिनु भो : मनु सिग्देल

  नेकपा एमाले भित्रको अन्तर विरोधपछि विभाजित भएर बनेको नेकपा समाजवादी पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलसंग पार्टीको आन्तरीक गतिविधि तथा...

‘अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ, फर्किनुको विकल्प छैन’ : योगेश भट्टराई

  पोखरा । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले...

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

  काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव...

ट्रेन्डिङ

राजपा एकीकरणप्रति झा र यादव असन्तुष्ट

जनकपुरधाम । बुधबार अबेर राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ । एकीकरणका लागि छलफल...

कोरोना भाइरस संक्रमणबाट नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा केसीको बिहीबार बिहान निधन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)