नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले  कारबाही स्वरुप निलम्बन गरेको हो ।

काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य