काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोकमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका वडा नम्बर–४, स्थित पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३०१७ बोलेरो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा बेथानचोक गाउँपालिका–४ पडगाँउ डाँडाका दलबहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपा स्थित शिर मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख डिएसपी रेशम बोहराले जानकारी दिए । तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको बोहराले जानकारी दिए ।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको छ । अर्का घाइते धमाइ तामाङको शरिरमा सान्य चोट लागेको बोहराले बताए ।






