प्रकाश प्रदर्शन गर्दै पाँचौं पिम नेपाल फिल्म फेस्टिबल सुरु

काठमाडौं । अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को प्रदर्शनसँगै ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ बुधबारबाट काठमाडौंका जमल स्थित नाचघरमा सुरु भएको छ । यो फिल्म महोत्सब शुक्रबार ३ दिनसम्म त्यहाँ जारी रहने आयोजक संस्थाका अध्यक्ष माधवराज खरेलले कार्यक्रममा बताए ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । महोत्सको उद्घाटन समारोहमा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका हालै निर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना सहित बधाई ज्ञापन पत्र प्रदान गरियो ।

समारोहमा सोही समारोहमा नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पु¥याएबापत सम्मान गर्दै पूर्व उपराष्ट्रपति झाले भने, ‘कोरोनापछि बिस्तारै उठ्दै गरेको नेपाली चलचित्र उधोगलाई यस्ता राष्ट्रिय स्तरको महोत्सबले प्रोत्साहन गर्ने विश्वास मैले लिएको छु ।’ चलचित्र प्रकाश हेरेपछि झाले आफुले धेरै पछि अग्र्यानिक फिल्म हेर्ने अबसर पाएको बताए ।

केही महिना अघि निर्वाचित आफ्नो कार्यसमितिलाई बधाई र हौसला स्वरुप सम्मान गरेर जिम्मेवारीको अझ अबगत गराईएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । पिम नेपालले महोत्सब तथा विभिन्न अवार्ड मार्फत नेपाली चलचित्र तथा गीत संगीतमा दिएको योगदानको पनि उनले चर्चा गरे ।

चलचित्र निर्देशक तथा महोत्सब आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेलले नेपालमा सरकारी क्षेत्रका चलचित्र सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरु हुन नसकेको बताए । यस्तो अबस्थामा आफुहरुले राष्ट्रिय स्तरको महोत्सब गरेर सिनेमा उधोगलाई प्रोत्साहन गरिहेको स्मरण गराए ।

सञ्चारकर्मी तथा यस्तै महोत्सबका रचनात्मक निर्देशक शान्तिप्रियले उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यले कत्ति पनि सहयोग नगरेको अबस्थामा पनि यस्ता महोत्सबहरु आयोजकले जेनतेन सञ्चालन गर्दै आएको बताए । एक दशक अघि काठमाडौं सर्ट फिल्म फेस्टाबाट सुरु भएको फिल्म महोत्सबलाई अनुसरण गर्दै पिमले पनि पाँच वर्षदेखि फेस्टिबल गर्दै आएको उनले बताए । यस्तै पिम नेपाल फिल्म फेस्टिबलकी आयोजक तथा उद्घाटन समारोहकी सभापति कमला जोशीले महोत्सबमा प्रदर्शन हुने सिनेमाको ’bout जानकारी गराईन् ।

शुक्रबारसम्म चल्ने यो महोत्सबमा यसपटक नेपाली, नेपालभाषा, तामाङ, मैथली, भोजपुरी गरी ढेड दर्जन लामा तथा छोटा चलचित्र र बृत्तचित्र प्रदर्शन हुँदैछन् । दिनेश राउत निर्देशित तथा प्रदीप खड्का अभिनित चलचित्र प्रकाशको प्रदर्शनीसँगै सुरु भएको महोत्सबमा बुधबार ऐना, नेपाल भाषाको फिल्म उच्च शिक्षा र मैथली भाषाको चलचित्र फु प्रदर्शन गरियो ।

यस्तै बिहिबार चलचित्र डेसान, भोजपुरी चलिचत्र मधेश पुत्र, मैथली चलचित्र अछोप र शुक्रबार बगान र लाखे गरी दुई फिचर फिल्म प्रदर्शन गर्ने आयोजक कमला जोशीले बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन