सिटिजन्स बैंकले ‘साथ’ हकुना मटाटालाई गर्‍यो आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशकदेखि बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त संस्थालाई एक लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्छ जहाँ आर्थिक रूपमा विपन्न र शारीरिक अपांगता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका अवश्यक क्षेत्रमा प्रयोग गर्छ।

एक समारोहकाबीच बैंकले एक लाख ३२ हजार रुपैयाँको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको छ।

साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कार्यक्रम प्रबन्धक शर्माले बताइन्।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।

बैंकले १८५ शाखा, १४१ एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान