काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को आगामी २३ गते हुने महाधिवेशनका लागि प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ।
फेकनको नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बस्नेत नेतृत्वको प्यानलमा उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्ट छन् । दुलाल र बस्नेत बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।
यसैगरी महासचिवमा अहिलेका कोषाध्यक्ष अनिल शर्माले उम्मेदवारी दिने भएका छन् । सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दिपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेत नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
फेकन नयाँ कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी दिने भएका छन् ।
फेकन नयाँ कार्यसमितिका लागि सहमतिको प्रयास भएपनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।






