ट्याक्टरले किचेर चालकको मृत्यु

सांकेतिक तस्वीर



संखुवासभा । उत्तर दक्षिण कोशी सडक खण्डमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक खोटाङ सुम्देलका २३ बर्षीय उचित राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

ढाडे भिरबाट ढुङगा बोकेर खाँदबारी आउँदै गरेको ट्याक्टरको डालो पल्टिएर चालक राईलाई किचेको थियो । ट्याक्टरको डालोले किचेर राईको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक राईको पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । खोटाङ सुम्देल घर भएका राई केही बर्ष देखि खाँदबारी नगरपालिका–२ चेवामा बस्दै आएको थिए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ