काठमाडौं । संघीय सरकारको सबैभन्दा ठुलो घटक तथा सातै प्रदेश सरकारमा सहभागी र तीन सयभन्दा बढी स्थानीय निकायको नेतृत्व गरिरहेको मुलुकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बाट सुरु हुँदै छ । गएको एक वर्र्षदेखि बस्न नसकेर बडो मुस्किलले हुन लागेको सो बैठकले नेपाली कांग्रेसभित्र विचारको महामन्थन भएर कांग्रेसको भविष्यको दिशा र दशा निर्धारण गर्ने आशा गरिएको छ ।
नेपाली राजनीतिक दलहरूमा ‘संस्थापन’ र ‘संस्थापन इत्तर’ भनेर कित्ता छुट्याउने प्रचलन रहिआएको छ । संस्थापन भन्नाले सामान्यतया नेतृत्वदायी भूमिकामा रहेको समूहलाई बुझाउँछ । कुनै पनि दलको सभापति, अध्यक्ष, महामन्त्री वा महासचिव भन्नेबित्तिकै स्वतः संस्थापन पक्षधर भनेर मानिन्छ ।
तर, नेपाली कांग्रेसमा विगत केही समयदेखि सभापति र उनको ’roundको समूह र समर्थकलाई संस्थापन पक्ष र महामन्त्रीद्वयका साथै अन्य केहीलाई संस्थापनइतर भनेर सम्बोधन गर्न थालिएको छ । संस्थापनइतरका सबैभन्दा मुखर आवाजका रूपमा महामन्त्री गगन थापा देखिएका छन् । थापाको शेरबहादुर देउवालाई संसदीय दलका नेताबाट हटाउन निरन्तर कोसिस गरिरहने स्पष्ट सार्वजनिक अभिव्यक्ति र कांग्रेस रूपान्तरण अभियानका नाममा युवा भनिएकाको देशव्यापी दौडाहा र सक्रियताले गर्दा पनि यो केन्द्रीय समितिको बैठक निकै रोचक हुने अनुमान गरिँदै छ ।
त्यसो त, कांग्रेस केन्द्रीय समिति संसदीय दलको नेता बनाउने वा हटाउने थलो होइन । संसदीय दलले आफ्नो नेता चुन्दछ वा आवश्यक परे विस्थापन र प्रतिस्थापन गर्छ । तर, केन्द्रीय समितिले संसदीय दलको मुड निर्धारण गर्न निर्णायक भूमिका खेल्न सक्छ । आजै वा तत्कालै कुनै नाटकीय क्रमभंगताको अपेक्षा गर्नु बुद्धिमानी नठहर्ला ।
पछिल्लोपटक केन्द्रीय समितिको बैठक बसेपश्चात् आजसम्ममा कांग्रेसले कैयन अत्यन्तै दूरगामी महत्वका निर्णय गरेको छ । कतिपय निर्णय कार्यसम्पादन समितिले गरेको छ भने कतिपय कांग्रेस विधानमा कतै नभएको पूर्वपदाधिकारीसहितको विद्यमान पदाधिकारीको बैठकले गरेको छ । केही त सभापतिले सीमित व्यक्तिको सल्लाहमा गरेका एकल निर्णय पनि होलान् । यस्ता कैयन निर्णय छन् जुन केन्द्रीय कार्यसमितिको एकल एकाधिकारको दायरामा आउँछन् ।
स्थानीय तह, प्रदेश र संघीय गरी तीन तहका निर्वाचन भए । ती निर्वाचनमा र निर्वाचनपश्चात् सरकार गठनका सन्दर्भमा गठबन्धन बनाउने, भत्काउने र अनि फेरि बनाउनेजस्ता निर्णय लिइएका छन् । यस्ता सबै निर्णयको समीक्षा, सम्भव भए संशोधन र बाध्यात्मक अवस्थामा अनुमोदित गर्नु परे पनि आलोचनात्मक टिप्पणीसहित अनुमोदन गर्ने अथवा हुबहु अनुमोदन गर्ने भन्ने अधिकार केन्द्रीय समितिको हो । यी विषय पेस गर्नु सभापतिको दायित्वभित्र पर्छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य अर्जुननरसिंह केसी भन्छन्, ‘यस अवधिमा भए गरेका सम्पूर्ण नीतिगत वा कार्यगत निर्णयको निर्मम मिमांशा जरुरी छ । विधि एकातिर र व्यवहार अर्कोतर्फ हुने अनि तदर्थवादकै आधारमा पार्टी चल्ने कुरो कदापि स्वीकार्य हुन सक्दैन ।’
महामन्त्रीका हैसियतले संगठन एवं कार्यालय सञ्चालन’bout आफूले गरेका काम, आफूले बेहोर्नुपरेको कठिनाइ एवं आफ्ना कमजोरीसमेत समीक्षाका लागि प्रस्तुत गर्नु महामन्त्रीद्वयको जिम्मेवारी हो । कांग्रेसको भ्रातृ संगठन लथालिंग अवस्थामा छन् । किसान संघ १५ वर्र्षदेखि, आदिवासी जनजाति संघ १५ वर्र्षदेखि र नेपाल विद्यार्थी संघ सात÷आठ वर्र्षदेखि तदर्थवादकै आधारमा चलेका छ्न् । चलेका छन् कि स्थिर छन् अथवा मृतप्रायः अवस्थामा छन् खुट्याउन गाह्रो छ । अन्य भ्रातृ संघको अवस्था पनि धेरै गतिलो छैन । यो बेथिति र बिचल्लीका लागि जिम्मेवार को ? सभापतिको एकोहोरोपन तथा किचेन क्याबिनेट केन्द्रित व्यवहार र हठ त कारण होला नै, के सभापतिबाहेकका अन्य पदाधिकारीले हात टक्टक्याउन मिल्ला ?
संस्थापनइतर पक्ष संस्थापनका तर्फबाट आउने एजेन्डाको प्रतीक्षामा छन् । माथि उल्लेखित विषयबाटै एजेन्डा तय हुने हो । संस्थापनको तर्फबाट आफ्ना पुराना निर्णय झटपट अनुमोदन र आगामी दिनका लागि पुनः एकल तदर्थवादकै भरमा पार्टी चलाउने कोसिस हुन सक्छ । त्यस्तो कोसिस अस्वाभाविक मान्न पनि नमिल्ला । आखिर सुविधाजनक ढंगले आफन्त र आफ्नो समूहको हितमा काम गर्ने बानी परेकाले गर्ने यस्तै नै हो । संस्थापनइतर समूहको क्षमता यहीँनेर परीक्षण हुनेछ । आफ्ना कमजोरी’bout पनि खुला छलफल गर्न प्रेरित ग¥यो भने संस्थापन पक्षको विसंगति’bout पनि कुरा गर्ने एजेन्डा तय हुन सजिलो पर्छ ।
नेपाली कांग्रेस यतिबेला अवसरको पहाड र चुनौतीको डंगुरबिच हिँडिरहेको छ । सम्भवतः यसैकारणले पुस्तान्तरणको कुरो उठेको हो । कांग्रेस केन्द्रीय समिति सदस्य डा. मीनेन्द्र रिजाल पुस्तान्तरणको अवधारणा नै पूरै खारेज गर्छन् । हुन पनि पुस्ता फेरिँदैमा केही हासिल हुने हुँदै होइन । पुस्ता त समयक्रमसँगै कालान्तरमा आफैं फेरिन्छ । आचार, विचार र व्यवहार उस्तै रह्यो भने पुस्ता फेरिएर के पो हासिल हुन्छ र ? ‘पछिल्लो समयमा पुस्तान्तरणको बदला रूपान्तरण भन्न थालिएको छ । मेरै विचार सार्वजनिक भएपछि हो कि ?,’ डा. रिजाल भन्छन् ।
कांग्रेसको वर्तमान रूप कस्तो छ त ? साँच्चिकै कस्तो छ वा छैन भन्ने विषयमा राम्रै बहस हुन सक्ला । यथार्थमा झुठ वा गलत जे भए पनि आमसर्वसाधारणका नजरमा कस्तो देखिन्छ भन्ने बढी महत्वपूर्ण हुन्छ । नेतृत्वको आचार, विचार र व्यवहार अनि केही हदसम्म दुष्प्रचारका कारण कांग्रेस आज अकर्मण्य, व्यक्ति केन्द्रित र भ्रष्ट जमातका रूपमा चिनिन्छ । दुष्प्रचारकै कारण मात्र यस्तो छवि निर्माण भएको हो भने पनि त्यसलाई चिर्ने क्षमता कांग्रेसमा देखिएन । यहाँनेर एउटा ध्रवसत्य तथ्य उल्लेख गर्नु प्रासंगिक होला । गएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ८ स्थान र समानुपातिकतर्फ कम्तीमा ६ स्थान कांग्रेसका अमुकअमुक व्यक्तिको कारणले नै गुमेको थियो । कतिपय कांग्रेसका परम्परागत मतदाताले निर्वाचनताका यस्तो भनेको सुनिएको थियो, ‘फलानो जस्तालाई सत्ताको केन्द्रमा पु¥याउन वा फाइदा पु¥याउन कांग्रेसलाई किन भोट हाल्ने ? रूखको त माया लाग्छ नि ? तर के गर्नु ? हातै गएन,’ यही कारणले रूपान्तरणको आवश्यकता महसुस भएको हो ।
नेपाली कांग्रेस पार्टी मात्र होइन, नेपाल राष्ट्र नै आज गम्भीर मोडमा उभिएको छ । विश्व रंगमञ्चको भूराजनीतिक परिदृश्यमा निकै ठुलो परिवर्तन भएको छ । एकताका विश्व अमेरिका र सोभियत संघ नाम गरेको दुई ध्रुवमा बाँडिएको थियो र यी दुई शक्तिकेन्द्रबीचको शीतयुद्धमा फसेको थियो । दुई शक्तिकेन्द्रको टकराव भूमि युरोप थियो । आज परिस्थिति बदलिएको छ । अब उदयीमान शक्ति चीन र अमेरिकाको नेतृत्वमा पश्चिमबीच टकराव छ । हिजो चीन लगभग तटस्थ थियो भने आज ऊ मुख्य प्रतिस्पर्धी बनेको छ । सोभियत संघको वर्तमान संस्करण रुस चीनको पक्षमा देखिँदै छ ।
सबैभन्दा महत्वपूर्ण कुरो त आज टकराव स्थल युरोपबाट सरेर एसिया र त्यसमा पनि हाम्रै ’round आइपुगेको छ । तीनतिरको सीमाको कारणले मात्र नभई बहुआयामिक सम्बन्धका कारण भारतसँग हामी अपरिहार्य ढंगले जोडिएका छौं । भारतको अमेरिका र पश्चिमी संसारसँगको हालै विकसित सम्बन्ध’bout त धेरै व्याख्या गरिरहन नपर्ला । हाम्रो तीनतिरको खुला सीमा भएको पौराणिक छिमेकी भारत, उत्तरतर्फको शक्तिशाली चीन र प्रभावशाली अमेरिका एवं पश्चिमी जगतबिच नेपालको अधिकतम हितका लागि कसरी सन्तुलन कायम राख्ने ? बिग्रेको ग्रामोफोन जस्तै ‘असंलग्न’को राग दोह¥याउँदैमा काम चल्ला र ? के यस्ता विषयमा कांग्रेसको बैठकमा बहस होला ?
कांग्रेसका नेता अर्जुननरसिंह केसी भन्छ्न, ‘कांग्रेससँग लामो समयदेखि आबद्ध छु । भूराजनीतिजस्ता गम्भीर कुरोमा चासो पनि राख्छु । यस्ता विषयमा गिरिजाबाबुसँग दुई÷चारपटक गम्भीर छलफल भएको हो । तर, कांग्रेसभित्र संगठित रूपमा औपचारिक छलफल वा बहस कहिल्यै भएन । अहिले पनि धेरै आश छैन ।’
नेपाली कांग्रेसको बैठक झन्डै एक साता चल्नेछ । डेढ सय बढी केन्द्रीय समिति सदस्यले सरदर ५ मिनेट बोले पनि निकै लामो समय खपत हुने निश्चितै छ । पहिलो दिन त एजेन्डा ढंगसँग तय हुन मात्र सक्यो भने पनि उपलब्धि नै मान्नुपर्छ । बैठकमा चल्नुपर्ने बहसको कुरा गर्ने हो भने त संघीयताको प्रासंगिकता र आवश्यक परिमार्जन तथा धर्मनिरपेक्षताको विषयमा पनि मुलुकलाई निर्देशित गर्ने बहसको थालनी हुनुपर्ने हो । आफ्नै हितका लागि पनि परम्परागत चुनौती एवं नवोदित आक्रामक ‘लोकप्रिय’ प्रतिद्वन्द्वीको सामना गर्ने रणनीति’bout सार्थक बहस हुनुपर्ने हो । तर, के यो बैठक साँच्चिकै महामन्थन साबित हुन्छ र ? त्यसबाट पार्टीलाई र मुलुकलाई नै दिशा निर्देश हुन्छ अथवा त्यो फगत तदर्थवादको एउटा गन्तव्यहीन शृंखला साबित हुन्छ ? हेर्न बाँकी नै छ । निकै चामत्कारिक परिणामको चाहिँ आशा नगर्दा नै ठिक होला ।






