कांग्रेसले १५ भदौभित्र भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगनकुमार थापाले आउँदो १५ भदौभित्र कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । 

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको कार्यकाल सकिएको छ । उक्त संस्थाको १५ भदौभित्र समिति भदौ १५ भित्र बनाउने महामन्त्री थापाले प्रस्ताव गरेकाक हुन् । 

यसैगरी उननले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी १५ भदौभित्र पूर्णता दिने पनि प्रस्ताव गरेका छन् ।

सात लाख सदस्य बनाउन कांग्रेसको एकवर्षे अभियान
पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् ।  १ साउन २०८० देखि ३१ असार २०८१ सम्म एकवर्षे उक्त अभिभानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान  कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ गरिने जानकारी दिए । 

कांग्रेसमा २२ विभाग थप्ने महामन्त्री थापाको प्रस्ताव
बैठकमा महामन्त्री गगन थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएमा कांग्रेसमा ७० वटा विभाग हुनेछ । बैठकमा महामन्त्री थापाले गरेको नयाँ प्रस्तावित विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेका छन् ।  

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा