कांग्रेसमा सूर्यप्रसाद उपाध्याय पुनस्र्थापित

काठमाडौं । नेपाली कांग्रेसका ‘चार महान्’मध्ये एक भनेर चिनिने सूर्यप्रसाद उपाध्याय निधनको ३९ वर्षपछि कांग्रेसमा पहिलो पंक्तिको स्मरणीय नेताका रूपमा पुनस्र्थापित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले चालू केन्द्रीय समितिको बैठकको समापन सम्बोधन गर्दै भने, ‘हाम्रा पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई बिपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेरसँगै चार ठूला नेताका रूपमा नाम लिइन्थ्यो, के भएर हो सूर्यबाबुको नाम छुटिरहेको थियो, उहाँलाई पुनस्र्थापना गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।’ अब निश्चित रूपमा नेपाली कांग्रेसका शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर कांग्रेस कार्यालयमा झुन्डिनेछ ।

नजानिँदो कारणले सूर्यबाबुलाई कांग्रेसको अभिलेखबाटै गायब गरिएको थियो । २०४६ सालको परिवर्तनपछि स्वर्गीय सुवर्ण शमशेरले पनि शीर्षस्थका रूपमा औपचारिक मान्यता पाउन केही समय लागेको थियो । सूर्यबाबुलाई त निकै लामो समय लागेको थियो । बिचको यस अवधिमा अचम्मैसँग छायामा परेका कारण सूर्यप्रसाद उपाध्यायका ’boutमा नेपाली जनता र कांग्रेसजनलाई समेत उनका ’boutमा कम जानकारी हुनु स्वाभाविक हो ।

आगामी १५ साउन सूर्यप्रसाद उपाध्यायको स्मृति दिवस हो । गत केही समयदेखि सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले उपाध्यायबाट लोकतान्त्रिक आन्दोलनमा भएको योगदानका ’boutमा यथाशक्य प्रचारप्रसार गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष डा. रमेश ढुंगेलले भने, ‘प्रतिष्ठानले आफ्नो काम जारी राख्छ, अब नेपाली कांग्रेसको औपचारिक साथ पाएपछि सूर्यबाबुलाई नेपाली जनताले राम्रै चिन्नेछन् ।’

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द