जय हो बोकेर अष्ट्रेलिया उडे अभिनेता सलोन बस्नेत

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘जय हो’को रिलिज मिति नजिकिँदै गर्दा अभिनेता सलोन बस्नेत शुक्रबार अष्ट्रेलिया उडेका छन् । नेपालमै यो चलचित्र १४ भदौबाट रिलिज हुँदैछ । फिल्मको प्रचार नेपालमा गर्नुपर्ने बेलामा उनी अष्ट्रेलिया उडेका हुन् ।

केही महिना अघि विवाह गरेका अभिनेता सलोनको यो फिल्म प्रदर्शनसँगै हनिमुन यात्रा पनि हो । अष्ट्रेलियामा दुई वटा सो गरेर त्यहाँ रिलिजको वातावरण मिलाएर आफु दुई सातापछि नेपाल आउने सलोनले बताए ।

बिगतका सिनेमामा सह अभिनेताको भूमिका निभाएको सलोनले चलचित्र जय होमा मुख्य भूमिका निभाएका छन् । यसमा आफु सहित केकी अधिकारी, अर्पण थापा, निशा अधिकारीलगायतको मुख्य भूमिका रहेको पनि सलोनले बताए,‘मैले मुख्य भूमिका निर्वाह गरेका बिगतको सिनेमाको त्यति राम्रो रिजल्ट नआएपछि यसपटक निकै मेहनत गरेर यो फिल्ममा काम गरेको छु र फिल्मको मार्केटिङको लागि अष्ट्रेलियातर्फ लागेको हुँ ।’ उनले राजधानीसँग भने ।

यो फिल्मलाई शोभित बस्नेतले निर्माण र टेक पौरखी राईले निर्देशन गरेका हुन् । यो फिल्मको राजा रानी…गीतको भिडियो शुक्रबार काठमाडौंमा एक समारोहबीच रिलिज गरियो । सागर आलेमगर र सदीक्षा कट्टेलको स्वर रहेको यो गीतमा सलोन र केकी अधिकारीले अभिनय गरेका छन् । गीत निकै राम्रो बनेको र सोही अनुसारको भिडियो तयार भएको पनि सलोनले जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल