प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमाथि छलफल नगर्ने निर्णय

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरू’bout परेको उजुरीमाथि छलफल नगर्ने भएको छ । समितिको मङ्गलवार सिंहदरवारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरू’bout परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो।

उजुरी छलफल गर्न लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका एक सदस्यले जानकारी दिए।

राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई पनि बोलाउने निर्णय गरेको छ। भोलि (बुधबार) बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय पनि गरिएको ती सदस्यलेले बताए।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम