त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नतिका लागि बोलपत्र आह्वान

जुम्ला । रारा राजमार्गअन्र्तगतको त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आह्वान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रुतमार्गअन्र्तगतको) त्रिवेणी–टोप्ला सडकखण्डमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आह्वान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिएका छन् । यस्तै, रारा राजमार्गअन्र्तगत दुई÷दुई कल्भर्ट र कज्वे निर्माणका लागि समेत बोलपत्र आह्वान गरिएको उनले बताए ।

‘वर्षाको समयमा प्रतिकूल मौसमले सडक निर्माण, स्तरोन्नतिका काम ठप्प हुन्छन्, यो समयलाई मितव्ययी ढंगले उपयोग गर्दै बोलपत्र आह्वान गर्ने विभागको नीति हुन्छ, हामीले साउनको पहिलो सातामै बोलपत्र आह्वान गर्न सफल भएका छौं,’ सडक डिभिजन जुम्लाका प्रमुख विष्टले भने ।

सडक डिभिजन जुम्लाका अनुसार त्रिवेणी–टोप्ला सडकखण्ड लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग र रारा राजमार्गको साझा खण्ड हो । त्रिवेणी तुल्सीपुर, मखनटाकुरी, लुहाम, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु पुग्ने मार्ग ‘लुम्बिनी रारा पर्यटकीय द्रुत’ मार्ग हो भने, थारमारे, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु रारा पुग्ने मार्ग ‘रारा राजमार्ग हो’ ।

तुल्सिपुर, मखनटाकुरी, लुहाम, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु पुग्ने मार्ग (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्गमा) ८५ लाख २८ हजार १ सय २७ रुपैयाँ ५६ पैसा लागतमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आह्वान भएको सडक डिभिजन जुम्लाका सब इन्जिनियर वीरेन्द्र रावलले बताए ।

उनका अनुसार थारमारे, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु रारा पुग्ने (रारा राजमार्ग)को त्रिवेणी–टोप्ला सडकखण्डमा भ्याडबाहेकको १ करोड ६६ लाख ५ हजार ५ सय ७९ रुपैयाँ ५९ पैसा लागतमा दुई कल्भर्ट र दुईवटा कज्वे निर्माणका लागि बोलपत्र आह्वान भएको हो ।

साबिकको ताम्ती गाउँ विकास समिति र हालको तातोपानी गाउँपालिका–७ र ८ जोड्ने त्रिवेणी–टोप्ला सडकखण्ड स्तरोन्नति हुनु यो क्षेत्रका लागि सुखद् खबर भएको तातोपानी–७ का वडाध्यक्ष तिलक रावतले बताए । त्रिवेणी–टोप्ला सडकखण्डले छुने भेरीखोलाका दर्जनौं गाउँबस्तीका स्थानीयले सास्ती खेप्दै आएका छन् । सडक स्तरोन्नति हुने खबरले उत्साहित बनाएको स्थानीय मुनबहादुर कुँवरले बताए ।

‘पैतालामा ठेला उठ्नेगरी भारी बाकेर हिँड्नुपर्ने बाध्यता छ, भरपर्दो सडक थिएन, स्टेचरमा बिरामी बोक्नुपर्छ, स्तरोन्नति हुने खबरले हामी उत्साहित छौं,’ उनले भने ।

त्रिवेणीमा पक्की पुल बने पनि त्रिवेणी–टोप्ला सडकखण्डमा सदाबहार सवारीसाधन गुड्दैनन् । सडक खुलेको एक दशकसम्म पनि स्तरोन्नति नभएपछि भेरीखोला क्षेत्र जुम्लाकै दुर्गम क्षेत्रका रूपमा चिनिन्छ । रारा राजमार्गमा समावेश भएपछि भने स्तरोन्नितको काम सुरु भएको हो । गत आर्थिक वर्षमा यो सडकखण्ड साढे ४ किलो मिटर स्तरोन्नति तथा ग्रावेल भएको हो । गत आवमा ३ करोड ६८ लाख ३२ हजार लागतमा औसत आठ मिटर चौडाइमा साढे चार किमि सडक स्तरोन्नति तथा ग्रावेल भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’