हो, सिएनएनले यो वर्ष (२०२३ मा) घुम्नैपर्ने विश्वका विभिन्न २३ वटा उत्कृष्ट गन्तव्यस्थल’bout केही महिनाअघि जानकारी दिएको थियो । सो जानकारीअनुसार सन् २०२३ मा विश्वमा घुम्नैपर्ने विश्वको २३औं स्थानमध्ये नेपालको मुस्ताङ १६औं स्थानमा परेको छ । जुन कुरो हामी नेपालीका लागि गर्वको कुरो हो । हालसालै आएको एक समाचारमा आर्थिक वर्ष २०७९÷८० मा ७१ हजार ७ सय ७ जना विदेशी पर्यटकले समग्र मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् भने आर्थिक वर्ष २०७८÷७९ मा समग्र मुस्ताङ जिल्लामा ३८ हजार ८९६ जना विदेशी पर्यटकले मात्रै मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
जे होस्, अब लागौं सन् २०२३ मा विश्वका उत्कृष्ट स्थानमा परेका २३ स्थानका सम्बन्धमा जानकारी लिनेतर्पm । विश्वको पहिलो गन्तव्यस्थलमा परेको स्थान चाहिं अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने ‘निगालु पेनिन्सुला’ हो । त्यस्तै, सन् २०२३ मा विश्वमा घुम्नैपर्ने दोस्रो गन्तव्यस्थलमा पूर्वी युरोपमा पर्ने पोल्यान्डको राजधानी वार्सामा रहेको ‘बुटिक होटेल’ हो । जुन होटलको नाम ‘होटल भर्टे’ रहेको छ । स्मरणीय छ, पोल्यान्डको सो होटलको ढोका ‘गिल्डेड’ अर्थात् सुनको रहेको छ भने सो होटल गत अगस्ट (सन् २०२२) मा खोलिएको नयाँ भएको जनाइएको छ । जुन होटल ‘अटोग्राफ प्रपर्टी’को रूपमा पनि रहेको छ । त्यस्तै, सन् २०२३ मा घुम्नैपर्ने तेस्रो गन्तव्यस्थलमा इंल्यान्डको लिभरपुल रहेको छ । त्यस्तै, गरेर चौथो गन्तव्यस्थलमा अमेरिकाको साउथ क्यारोलिना राज्यको सार्लेटान–चार्लेटोन सहर परेको छ भने सन् २०२३ मा घुम्नैपर्ने पाँचौं गन्तव्यस्थलमा चाहिं लिथुआनियको राजधानी भिलनिअस–बिनियुस परेको छ ।
सन् २०२३ मा घुम्नैपर्ने विश्वको १६औं : गन्तव्यस्थलमा हाम्रै देशको मुस्ताङ परेको छ
उता सन् २०२३ मा घुम्नैपर्ने छैठौं गन्तव्यस्थलमा सयौं साना ठूला समुन्द्री टापु रहेको सानो देश फिजी परेको छ भने सन् २०२३ मा घुम्नैपर्ने सातौं गन्तव्यस्थलमा ब्राजिलको अमेजन क्षेत्रमा पर्ने मानाउस परेको छ । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने आठौं गन्तव्यस्थलमा ग्रिसको दोस्रो ठूलो सहर थेसालोनिकी–देसालोनिकी परेको छ । उता सन् २०२३ मा विश्वमा घुम्नैपर्ने नवौं गन्तव्यस्थल चाहिं अफ्रिका महादेशको रुवान्डाको एक होटल ‘सेक्सानसियो रुवान्डा’ परेको छ । जुन होटल अफ्रिका महादेशकै ठूलो ताल ‘किभ–किवु’मा अवस्थित रहेको छ भने सन् २०२३ मा घुम्नैपर्ने १० औं गन्तव्यस्थलमा स्विडेनको दोस्रो ठुलो सहर ‘गोथेन बर्ग’ परेको छ । त्यस्तै, गरेर सन् २०२३ मा घुम्नैपर्ने ११औं गन्तव्यस्थलमा युनाइटेड अरब इमिरेट्स (युएई)को ‘रस अल–कैमाह’ परेको छ ।
यसरी हेर्दा सिएनएनले प्रकाशित गरेको सन् २०२३ मा घुम्नैपर्ने सूचीको १२औं गन्तव्यस्थलमा एसिया महादेशको लाओस परेको छ । त्यस्तै, गरेर सन् २०२३ मा घुम्नैपर्ने १३औं गन्तव्यस्थलमा स्विटजरल्यान्डको ‘ग्रुयेंरेस–गु्रइएरेस’ परेको छ । जुन, ठाउँ विश्वको उत्कृष्ट चिज उत्पादन हुने क्षेत्र पनि हो भने सन् २०२३ मा घुम्नैपर्ने १४औं गन्तव्य स्थलमा पनि अमेरिकाकै मिनोसेटा राज्यको मिनिअपोलिसमा रहेको एक ‘आदिवासी रेस्टुरेन्ट’ परेको छ । स्मरणीय के छ भने सो रेस्टुरेन्टमा आदिवासीका खाना (परिकार) मात्रै उपलब्ध गराइन्छ । उता सन् २०२३ मा घुम्नैपर्ने १५ औं गन्तव्यस्थल चाहिं दक्षिण अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटा परेको छ । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने १६ औं गन्तव्यस्थल चाहिँ हाम्रै देश नेपालको ‘मुस्ताङ’ परेको छ भने सन् २०२३ मा घुम्नैपर्ने १७औं गन्तव्यस्थमा अफ्रिका महादेशमा रहेको तान्जानिया परेको छ ।
त्यस्तै, गरेर सन् २०२३ विश्वमा घुम्र्नैपर्ने १८औं गन्तव्यस्थल इजिप्टको राजधानी कायरो परेको छ । उता विश्वमा घुम्नैपर्ने १९औं गन्तव्यस्थलमा जापानको ‘नओसिमा सहर’ परेको छ भनेदेखि सन् २०२३ मा विश्वको घुम्नैपर्ने २०औं गन्तव्यस्थलमा बेलिज परेको छ । त्यस्तै, गरेर सन् २०२३ मा घुम्नैपर्ने २१औं गन्तव्यस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिोको ‘ओक्साका सहर’ परेको छ भने सन् २०२३ मा विश्वमा घुम्नैपर्ने २२औं गन्तव्यस्लमा चाहिँ क्यानाडाको ओटावा सहर परेको छ । त्यसतै गरेर सन् २०२३ मा घुम्नैपर्ने गन्तव्यस्थलको २३औं स्थानमा अफ्रिका महादेशको युगान्डा परेको छ ।
यसरी सन् २०२३ मा घुनैपर्ने गन्तव्यस्थलमा नेपालको मुस्ताङ पर्नुमा चाहिँ कागबेनी, मुक्तिनाथ चराङ, समर, घमी, छुसाङ, छोसेर आदि जस्ता प्राचीन वस्तीहरू रहनु पनि हो । त्यस्तै माथिल्लो मुस्ताङलाई ‘ल्हो मन्थाङ, लो मन्थाङ, फोरबिड्डन किङ्डोम, हिडेन किङ्डोम, मड सिटी, लस्ट किंडोम, अप्पर मुस्ताङ, प्याराडाइज मुस्ताङ’ आदि नामले पनि चिनिन्छ । नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेधित क्षेत्र घोषणा गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) चारसय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष १,०६६ जना विदेशी पर्यटकहरूले माथिल्लो मुस्ताङको भ्रमण गरे ।
राजस्वदर महँगो भएकाले माथिल्लो मुस्ताङमा सबैखालका विदेशी पर्यटक भ्रमणमा जान सक्दैनन्
तर दूर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १,०५७ जनाले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच)सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकहरूको संख्या तीन अंकमा झ¥यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२÷२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकहरूले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीयवासीहरू नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे ।
भगौलिक बनावटको हिसाबले हेर्दा चीनको स्वशासित क्षेत्र तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तैउस्तै रहेको छ । त्यतिमात्रै होइन, उनीहरूको धर्म, भाषा, वेषभुषा, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, लवाई, खवाई, परम्परागत कानुन आदि पनि मिल्दोजुल्दो छ । त्यस्तै, गरेर पशुपालन गर्ने तरिका उही छ । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक पहिचान के छ भने माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू पनि प्रशस्तै रहेका छन् । जहाँ प्राचीन समयमा मानव वस्ती रहेको थियो ।
अरु क्षेत्र हेरी माथिल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकका लागि राजस्व दर महँगो भएकोले सबै खालका विदेशी पर्यटक माथिल्लो मुस्ताङ भ्रमणमा जान सक्दैनन् । मुस्ताङमा रहेका प्राचीन गुफाहरू रहेका जो छन्, ती गुफाहरू मुस्ताङबासीका लागि मात्रै नभएर सिंगो पर्यटन उद्योग र पर्यटन व्यवसायमा आश्रित रहेका व्यवसायीका लागि पनि गर्व गर्न लायक ‘स्मारक’– ‘बहुमूल्य निधि’ हो ।






