नगर उपप्रमुखकी श्रीमान् कारागार चलान

राजविराज । नागरिकता सम्बन्धी कसुर मुद्दामा बिहीबार महेन्द्र कुमार यादव अदालतको आदेशले पूर्पक्षका लागि करागार चलान भएका छन् ।

यादव सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवका श्रीमान् हुन् । सोही मुद्दामा १२ दिनअघि उपप्रमुख मिरा एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेकी छिन् ।

अनुसन्धानका क्रममा पटक पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मिरालाई गत साउन ८ गते सप्तरी जिल्ला अदालतका न्ययाधीश हरिशचन्द्र इंगनामको इजलाशले एक लाख धरौटी बुझाई तारेखमा रिहा गर्ने आदेश जारि गरेको थियो ।

प्रतिवादी कृष्णकुमार यादवले भारतको समेत नागरिकता लिएको भन्दै उपप्रमुख मिरा, उनका श्रीमान महेन्द्र र स्थानीयवासी सहदेव यादवबिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेका थिए । उक्त प्रकरणमा अर्का आरोपी सहदेव यादव पनि तीन दिनअघि अदालतले दिएको आदेश बमोजिम एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेका छन् ।

उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा उपस्थित भएका थिए । उनलाई पनि अदालतले धरौटीमा छाड्ने अनुमान धेरैले गरेका थिए । तर, न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएसँगै आफन्त चकित परे ।

अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा, उनका पति महेन्द्र र स्थानीय सहदेव यादवविरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले.उक्त मुद्दा दर्ता गर्न आलटाल गरे पछी उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलाशले उक्त मुदा उपर सुनवाई गर्दैै परमादेश जारी गरेको थियो । त्यस पछी प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मिराको नाम रहेको विवरण सुचीका साथै अनुमण्डलीय न्यायलय निर्मलीमा महेन्द्र र मिराले पेश गरेको शपथ पत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेत उजुरी मार्फत पेश गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित